अब वर्क परमिट आवेदन अनलाइनमा पीडीएफ फाइल गर्न मिल्ने, शुल्क मिनाहा अनुरोधपनि अनलाइनबाटै



प्रकाशित मिति : आश्विन २२, २०८१ मंगलबार

अब वर्क परमिट आवेदन अनलाइनमा पीडीएफ फाइल गर्न मिल्ने, शुल्क मिनाहा अनुरोधपनि अनलाइनबाटै

अबदेखि अमेरिकामा निश्चित प्रकारका श्रेणीमा पर्ने वर्क परमिट आवेदनहरु अनलाइनमा पीडीएफ फाइल गर्न मिल्ने भएको छ । योग्य आवेदकहरुले पीडीएफमा भरेको वर्क परमिट आवेदन अन्य कागजातका साथ अनलाइनमा अपलोड गर्नसक्ने भएका छन् । युएससीआईएसको अनलाइन एकाउन्टमार्फत नै पीडीएफ आवेदन फाइल गर्न सकिनेछ ।

योग्य आवेदकहरुले अनलाइनबाट पीडीएफ आवेदन फाइल गरेर नै शुल्क मिनाहाको अनुरोध गर्न सक्नेछन् । शुल्क मिनाहाको अनुरोध गर्न फर्म आई ९१२ भर्नुपर्छ । युएससीआईएसले शुल्कमिनाहाको अनुरोध अनलाइनमार्फत स्वीकार गर्न सुरु गरेको पहिलोपटक हो ।

अहिलेका लागि टीपीएस, एसाइलम, निश्चित प्रकारका परिवार र रोजगारमा आधारित ग्रिनकार्ड आवेदन विचाराधिन रहेकाहरु, परोली, टीपीएस आवेदन विचाराधिन रहेकाहरु लगायतले अनलाइनमा पीडीएफ फाइल गरेर वर्क परमिट अनुरोध गर्न सक्नेछन् । तर परिवार र रोजगारमा आधारित ग्रिनकार्ड आवेदन विचाराधिन रहेकाहरुले वर्क परमिटका लागि शुल्क मिनाहाको अनुरोध गर्ने हो भने अनलाइनबाट पीडीएफ फाइल नगर्न युएससीआईएसले सुझाव दिएको छ ।

अब वर्क परमिट आवेदन अनलाइनमा पीडीएफ फाइल गर्न मिल्ने, शुल्क मिनाहा अनुरोधपनि अनलाइनबाटै

त्यस्तै परिवार र रोजगारमा आधारित ग्रिनकार्ड आवेदन विचाराधिन रहेकाहरुले वर्क परमिटका लागि अनलाइनबाट पीडीएफ आवेदन दिंदा शुल्क तिरेको भएमा उक्त शुल्क रिफण्ड नगरिने पनि युएससीआईएसले जानकारी दिएको छ । यो श्रेणीमा शुल्क मिनाहा अनुरोध गर्ने हो भने कागजीरुपमा फाइल गरेर हुलाकमार्फत नै पठाउनुपर्नेछ । परिवारमा आधारित श्रेणीमा विशेष आप्रवासी बालबालिकाहरु, ग्रिनकार्ड आवेदन दिने टी वा यु भिसावाहक, दुव्र्यबहारमा परेका दम्पत्ति वा छोराछोरी, हिंशामा परेका महिलाहरु र शरणार्थीहरुमात्र वर्क परमिटको शुल्क मिनाहाका लागि योग्य हुन्छन् ।

पीडीएफ फाइलिङ विकल्प प्रयोग गर्ने आवेदकहरुले अनलाइन खाताहरूमा युएससीआईएसको अवस्थित ईफाइलिङ कार्यप्रवाह मार्फत पेश गरेको जस्तै केस व्यवस्थापन कार्यक्षमता प्राप्त गर्नेछन् । अर्थात् केस स्थिति अद्यावधिकहरू, प्रमाणका लागि अनुरोधहरूको प्राप्ति र निर्णय सूचनाहरूमा अनलाइन मार्फत पेश गरेको जस्तै केस व्यवस्थापन कार्यक्षमता हुनेछ।

यद्यपि नयाँ विकल्पले आवेदकहरूका लागि फाइलिङ विकल्पहरू विस्तार गर्दछ । व्यक्तिहरूले अझै पनि कागजी आवेदन प्याकेजहरू हुलाकमार्फत फाइल गर्न भने सक्छन्। भविश्यमा हुने पीडीएफ फाइलिङको विस्तारले वकीलहरू र मान्यता प्राप्त प्रतिनिधिहरूलाई आफ्ना ग्राहकहरूको तर्फबाट अतिरिक्त फारम प्रकारहरूका आवेदनहरू फाइल गर्न अनुमति दिने युएससीआईएसले जनाएको छ ।





Source link

Leave a Comment