प्रकाशित मिति : पुस ६, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाबाट स्वेच्छिक रूपमा देश छाड्ने (आत्मनिर्वासन गर्ने) आप्रवासीहरूलाई दिने आर्थिक सहायता तीन गुणा बढाएर ३,००० अमेरिकी डलर पुर्याएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सोमबार उक्त निर्णय सार्वजनिक गरेको हो।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार, गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका र वर्षको अन्त्यसम्म स्वेच्छिक रूपमा देश छोड्न नाम दर्ता गर्ने आप्रवासीहरूले यो सुविधा पाउनेछन्। यस योजनाअन्तर्गत उनीहरूलाई आफ्नो गृह देश फर्कन निःशुल्क हवाई टिकटसमेत उपलब्ध गराइनेछ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले विज्ञप्ति जारी गर्दै गैरकानुनी आप्रवासीहरूले यो अवसरको उपयोग गर्न आग्रह गरेकी छन्। “यदि उनीहरूले आत्मनिर्वासन गरेनन् भने हामी उनीहरूलाई खोजेर पक्राउ गर्नेछौं । त्यसपछि उनीहरू भविष्यमा अमेरिकामा फर्कन सक्ने छैनन् ।” उनले चेतावनी दिएकी छन्।
ट्रम्प प्रशासनले आत्मनिर्वासन प्रक्रिया सहज बनाउन मार्च महिनामा ‘ऋद्यए ज्यmभ’ नामक नयाँ मोबाइल एपसमेत सार्वजनिक गरेको छ। यसअघि ‘ऋद्यए इलभ’ नामक एप बाइडेन प्रशासनले आप्रवासीहरूलाई कानुनी रूपमा अमेरिकामा प्रवेश गर्न प्रयोग गर्दै आएको थियो।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार कानुनी हैसियत नभएका व्यक्तिलाई पक्राउ, थुनामा राख्ने र निर्वासन गर्न औसत खर्च करिब १७ हजार अमेरिकी डलर पर्छ। त्यसको तुलनामा आत्मनिर्वासन योजना सरकारका लागि कम खर्चिलो हुने बताइएको छ।
गत जनवरीमा राष्ट्रपति पद सम्हालेका डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आएका छन्। उनले प्रत्येक वर्ष १० लाख आप्रवासीलाई हटाउने प्रतिबद्धता जनाए पनि हालसम्म यस वर्ष करिब ६ लाख २२ हजार आप्रवासी मात्र निर्वासित भएका छन्।
अमेरिकी प्रशासनले सन् २०२६ मा आप्रवासनविरुद्ध अझ कडा अभियान चलाउने तयारीसमेत गरिरहेको छ। यसका लागि अर्बौं डलरको नयाँ बजेट, हजारौं थप आप्रवासन एजेन्ट भर्ती, नयाँ थुनुवा केन्द्र सञ्चालन तथा गैरकानुनी आप्रवासी पहिचानका लागि निजी कम्पनीसँग सहकार्य गर्ने योजना रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्