अफगानिस्तानमा महिलाद्वारा लिखित पुस्तकमाथि प्रतिबन्ध



प्रकाशित मिति : आश्विन १, २०८२ बिहीबार

a woman sitting on steps reading a book

फोटो : सिना रेजाखानी / अनस्प्ल्यास

अफगानिस्तानको तालिबान सरकारले महिलाद्वारा लिखित पुस्तकहरू विश्वविद्यालयको पाठ्यक्रमबाट हटाएको छ। तालिबान सरकारले नयाँ प्रतिबन्ध जारी गर्दै महिलाद्वारा लिखित पुस्तकहरूलाई विश्वविद्यालयको शिक्षण प्रणालीबाट हटाउने निर्णय गरेको हो।

उनीहरूले मानव अधिकार र यौन उत्पीडनसम्बन्धी लेखिएका पुस्तकहरू पनि हटाउन निर्देशन दिएका छन्। तालिबानको नीतिको “विरोध गर्ने” भन्दै ६८० वटा पुस्तकमाथि प्रतिबन्ध लगाइएको हो।

जसमा १४० जना महिला लेखकका पुस्तकहरू पनि समावेश छन्। ‘सेफ्टी इन द केमिकल लेबोरेटरी’ जस्ता पुस्तकहरू पनि प्रतिबन्धको मारमा परेका छन्।

अफगानिस्तानमा महिलाद्वारा लिखित पुस्तकमाथि प्रतिबन्ध

अफगानिस्तानमा महिलाद्वारा लिखित पुस्तकमाथि प्रतिबन्ध

तालिबान सरकारले विश्वविद्यालयहरूलाई थप १८ वटा विषय अब पढाउन नपाइने आदेश दिएको छ। तालिबानका एक अधिकारीका अनुसार ती विषयहरू “शरीयतका सिद्धान्त र तालिबानको नीति” सँग बाझिएका कारण प्रतिबन्धित भएका हुन्।

यो आदेश तालिबानले चार वर्षअघि सत्तामा फर्किएपछि लगाएका प्रतिबन्धहरूको पछिल्लो शृङ्खला हो। यसै हप्ता मात्र, तालिबानका सर्वोच्च नेताको आदेशमा कम्तीमा १० प्रान्तमा फाइबर-अप्टिक इन्टरनेटमा प्रतिबन्ध लगाइएको थियो। सरकारी अधिकारीहरूले यो प्रतिबन्धलाई “अनैतिकता रोक्न गरिएको” कोसिस भनेर दाबी गरेका थिए।

यी प्रतिबन्धहरूले महिला र बालिकाहरूलाई विशेष रूपमा प्रभावित गरेको छ। उनीहरूलाई छ कक्षाभन्दा माथि अध्ययन गर्न निषेध गरिएको छ। अब विश्वविद्यालयका महिला-सम्बन्धी विषयहरू नै निसाना बनेका छन्।

प्रतिबन्धित १८ विषयमध्ये छ विषय महिलासम्बन्धी छन्। जसमा ‘जेन्डर एन्ड डेभलपमेन्ट’, ‘द रोल अफ वुमन इन कम्युनिकेशन’ र ‘वुमेन्स सोसियोलोजी’ पनि पर्छन्।

तालिबान सरकारले भने महिलाका अधिकारलाई “अफगान संस्कार र इस्लामिक कानुनअनुसार” सम्मान गर्ने दाबी गरेको छ। तालिबान सत्तामा फर्कनुअघि न्याय मन्त्रालयकी पूर्व उपमन्त्री तथा प्रतिबन्धित पुस्तकका एकजना लेखक जाकिया अडेलीले यो निर्णयप्रति आफू आश्चर्यचकित नभएको बताइन्।

अफगानिस्तानमा महिलाद्वारा लिखित पुस्तकमाथि प्रतिबन्ध

गत चार वर्षमा तालिबानले गरेका गतिविधिहरू हेर्दा उनीहरूले पाठ्यक्रम परिवर्तन गर्नु अन्यथा नभएको उनको भनाइ छ। महिलाहरूमाथि पढ्न नै नपाउने प्रतिबन्ध लगाइएको अवस्थामा, उनीहरूको विचार, दृष्टिकोण र लेखन दमन हुनु पनि स्वाभाविक भएको उनको भनाइ छ।

तालिबानको उच्च शिक्षा मन्त्रालयले विश्वविद्यालयहरूलाई पठाएको पत्रमा “धार्मिक विद्वान् र विज्ञहरूको” प्यानलले प्रतिबन्धको निर्णय गरेको भनेर उल्लेख गरिएको छ।

महिलाद्वारा लिखित पुस्तकसँगै इरानी लेखक वा प्रकाशकका पुस्तकहरू पनि हटाइएका छन्। विश्वविद्यालयहरूमा पठाइएको ५० पृष्ठ लामो सूचीमा ६७९ वटा शीर्षक छन्। जसमा ३१० वटा पुस्तक इरानी लेखकद्वारा लिखित वा इरानमा प्रकाशित भएका पनि छन्।





Source link

Leave a Comment