अपराध बाहेक यी ५ गल्ती गर्दा पनि गुम्नसक्छ अमेरिकी ग्रिनकार्ड



प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार

अपराध बाहेक यी ५ गल्ती गर्दा पनि गुम्नसक्छ अमेरिकी ग्रिनकार्ड

अमेरिकी ग्रिनकार्ड प्राप्त गरिसकेपछि विभिन्न सुविधाहरुमात्र प्राप्त हुँदैन, अमेरिकी नागरिकताको लागि पनि बाटो खुल्छ । तर ग्रिनकार्डवाहकले गल्ती गर्दा ग्रिनकार्ड गुम्नेमात्र नभई देशनिकालाको सामना गर्नुपर्ने खतरा समेत हुनसक्छ ।

कतिपयलाई लाग्नसक्छ, ठूलै अपराध गरेका कारणमात्र ग्रिनकार्ड गुम्न सक्छ । तर त्यसो होइन । अन्य यस्ता गल्ती कमजोरीले पनि ग्रिनकार्ढ गुम्न सक्छ । ग्रिनकार्ड गुम्ने थुप्रै आधारहरु छन्, त्यसमध्ये ५ को चर्चा यहाँ गरिएको छ ।

युएएससीआईएसका अनुशार ती गल्तीहरु आशययुक्त होउन् वा दुर्घटनावश गरिएका होउन्, ग्रिनकार्ड समेत गुमाउनुपर्ने अवस्थाको सृजना हुनसक्छ । त्यसैले यस्ता गल्ती हुन नदिन ग्रिनकार्ड वाहकले सावधानी अपनाउनुपर्छ ।

अपराध बाहेक यी ५ गल्ती गर्दा पनि गुम्नसक्छ अमेरिकी ग्रिनकार्ड

अपराध बाहेक यी ५ गल्ती गर्दा पनि गुम्नसक्छ अमेरिकी ग्रिनकार्ड

यदि ग्रिनकार्डवाहक व्यक्ति अर्को देशमा स्थायी रुपमा बसोबास गर्ने उद्देश्यका साथ गएको खण्डमा ग्रिनकार्ड गुम्न सक्छ । उदाहरणका लागि कुनै अमेरिकी ग्रिनकार्डवाहक व्यक्ति क्यानडा गएर पीआरका लागि आवेदन दिएको खण्डमा अमेरिकी ग्रिनकार्ड गुमाउनुपर्ने अवस्था आउनसक्छ ।

त्यस्तै पुन प्रवेशका लागि ट्राभल डकुमेन्ट नबनाईकनै एकबर्षभन्दा लामो समय लगातार अमेरिकाबाहिर बसेको खण्डमा ग्रिनकार्ड स्वत रद्द हुनसक्छ । एकबर्षभन्दा लामोसमय लगातार अमेरिकाबाहिर बस्दा व्यक्ति स्थायी रुपमा अमेरिकाबाहिर बसाई सराई गरेको बुझाई हुने भएकाले ग्रिनकार्ड स्वत रद्द हुनसक्छ । त्यसैर्ले एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बस्ने योजना छ भने तपाईले फर्कनका लागि पुन प्रवेशका लागि अमेरिका छाड्नु अगाडि नै आवेदन दिनुपर्छ ।

आईआरएससमक्ष आफ्नो आम्दानी घोषणा गरेर ट्याक्स फाइल नगरेको खण्डमा समेत ग्रिनकार्ड गुम्नसक्छ । ट्याक्स नतिरेका कारण सामना गर्नुपर्ने कानुनी झन्झटले ग्रिनकार्ड खोस्नेदेखि देशनिकाला हुनेसम्मको पनि अवस्था आउनसक्छ ।

त्यस्तै ग्रिनकार्डवाहकले अमेरिकामा ट्याक्स फाइल गर्दा गैरआप्रवासी स्टाटस जनाउनुहुँदैन । यसो हुँदा पनि समस्या हुनसक्छ ।

यदि ग्रिनकार्डवाहक १८ देखि २५ बर्ष उमेरभित्रको छ भने र उसले सैन्य सेलेक्टिभ सर्भिसमा आफूलाई दर्ता गराएको छैन भने पनि ग्रिनकार्ड गुम्नसक्ने खतरा हुन्छ ।

अपराध बाहेक यी ५ गल्ती गर्दा पनि गुम्नसक्छ अमेरिकी ग्रिनकार्ड

ग्रिनकार्ड आवेदन दिंदा झुठो बोलेको पत्ता लागेका कारण वा अन्य कुनै कारणले  अध्यागमन न्यायाधिसले देशनिकालाको आदेश जारी गरेको खण्डमा अमेरिकी ग्रिनकार्ड खारेज हुने प्रावधान रहेको छ ।





Source link

Leave a Comment