अपडेट: अमेरिकाको हतियार कारखानामा भएको विस्फोटपछि हराएका १६ जना मृत घोषित



प्रकाशित मिति : आश्विन २४, २०८२ शनिबार

अपडेट: अमेरिकाको हतियार कारखानामा भएको विस्फोटपछि हराएका १६ जना मृत घोषित

अमेरिकाको टेनेसीमा रहेको एक हतियार कारखानामा भएको ठूलो विस्फोटपछि हराइरहेका १६ जनालाई मृत घोषणा गरिएको छ।

शुक्रबार भएको विस्फोटपछि हराइरहेकाहरूको खोजी कार्य शनिबार साँझसम्म जारी रहेको थियो। तर, हराएका व्यक्तिहरू जीवित अवस्थामा कोही पनि फेला नपरेपछि उनीहरूलाई मृत घोषणा गरिएको हुम्फ्रिज काउन्टीका शेरिफ क्रिस डेविसले बताएका छन्।

अधिकारीहरूले सुरुमा १८ जनाको मृत्यु भएको आशङ्का गरेका थिए। तर, पछि विस्फोटको समयमा साइटमा रहेका भनिएका दुई व्यक्ति त्यहाँ नभएको र उनीहरू सुरक्षित फेला परेको पुष्टि भएको शेरिफ डेविसले बताए।

अपडेट: अमेरिकाको हतियार कारखानामा भएको विस्फोटपछि हराएका १६ जना मृत घोषित

अपडेट: अमेरिकाको हतियार कारखानामा भएको विस्फोटपछि हराएका १६ जना मृत घोषित

विस्फोटको कारण अझै स्पष्ट भएको छैन। यो घटना नेस्भिलबाट करिब ९० किलोमिटर दक्षिण–पश्चिममा रहेको बक्सनर्ट, टेनेसीस्थित विस्फोटक पदार्थ उत्पादन गर्ने कारखाना ‘एक्युरेट एनर्जेटिक सिस्टम्स’ मा भएको हो।

भिडियो फुटेजमा कारखाना ध्वस्त भएको देखिएको छ। धुवाँको बाक्लो मुस्लो, जलिरहेका सवारी साधन र आधा माइल वरपर फैलिएको भग्नावशेष देखिएका छन्। कम्पनीले अहिलेका लागि सबै काम स्थगित गरेको छ।

शेरिफ डेविसका अनुसार राज्य र स्थानीय तहका ३०० भन्दा बढी उद्धारकर्मीहरू शुक्रबार बिहानदेखि घटनास्थलमा खोजीकार्यमा खटिएका थिए। डेभिसका अनुसार अहिले खोजी कार्य ‘शव उद्धार कार्यमा’ रूपान्तरण गरिएको छ। एफबीआईले घटनास्थलमा डीएनए परीक्षणमार्फत शव पहिचान गर्ने कार्य सुरु गरेको छ।

सन् २०१४ मा पनि यही स्थानमा घातक विस्फोट भएको थियो। डेभिसका अनुसार विस्फोटको आवाज कारखानाबाट २५ किलोमिटर टाढासम्म सुनिएको थियो।

कम्पनीले अमेरिकी युद्ध मन्त्रालय र औद्योगिक बजारका लागि उच्च स्तरका विस्फोटक उत्पादनहरू बनाउने गर्छ। गत महिना मात्र, कम्पनीले अमेरिकी युद्ध मन्त्रालयसँग झण्डै १२ करोड डलर बराबरको टीएनटी आपूर्तिको ठेक्का पाएको थियो ।

अपडेट: अमेरिकाको हतियार कारखानामा भएको विस्फोटपछि हराएका १६ जना मृत घोषित

यसै कम्पनीमा एक दशकअघि पनि विस्फोट भएको थियो । जसमा एक जनाको मृत्यु भएको थियो।

२०१९ मा अमेरिकी श्रम सुरक्षा तथा स्वास्थ्य प्रशासन ले सुरक्षासम्बन्धी मापदण्ड उल्लङ्घन गरेको भन्दै कम्पनीलाई ७,२०० डलर जरिवाना गरेको थियो ।

त्यसपछि कम्पनीले मुद्दा मिलापत्रको माध्यमबाट समाधान गरेको थियो। २०१६ देखि अहिलेसम्म कम्पनीमा कामको दौरानमा ४६ जनालाई चोट पटक लागेको छ । तर कुनै पनि मृत्यु भएको छैन ।

राज्य सीनेटर केरी रोबर्ट्सका अनुसार कम्पनी १,३०० एकड क्षेत्रफलमा फैलिएको छ । स्थानीय समुदायमा अत्यन्त लोकप्रिय रोजगारदाता कम्पनीको रुपमा यो रहेको छ ।





Source link

Leave a Comment