अन्तरिक्षमा नासाका २ यात्रीको एकसाथ स्पेस वाक



प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार

नासाका दुई अन्तरिक्षयात्रीले पहिलो पटक एकसाथ स्पेस वाक गरेका छन ।

नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका हुन ।

कमान्डर सुनी विलियम्स र बुच विलमोर मर्मत कार्य गर्न र पृथ्वीबाट प्रक्षेपण भएर भेन्टहरूबाट बाहिर निस्किएका कुनै सूक्ष्मजीवहरू अझै जीवित छन् कि भनेर स्टेशनको बाहिरी भाग सफा गर्न बाहिर निस्किएको नासाले बताएको छ ।

गत जुनमा अन्तरिक्ष स्टेसनमा आइपुगेपछि यो जोडी एक हप्ता मात्रै बस्ने अपेक्षा गरिएको थियो । तर बोइङको स्टारलाइनर क्याप्सुल समस्यामा परेपछि नासाले त्यसलाई खाली फर्काउनु परेको थियो ।

प्रतिस्थापन प्रक्षेपणमा स्पेसएक्सको ढिलाइका कारण उनीहरूको मिसन १० महिनासम्म लम्बिने भएकाले अबस्था आयो । यो बर्ष मार्चको अन्त्य वा अप्रिलको सुरुसम्म फर्कने अपेक्षा गरिएको छ ।

विलियम्सले दुई हप्ताअघि नासाका अर्का अन्तरिक्ष यात्रीसँग स्पेस वाक गरेका थिए ।

यो यात्रा विलमोरको पहिलो पटक बाहिर निस्कने अवसर थियो । दुवैले अघिल्ला अन्तरिक्ष स्टेशन बसाइहरूमा धेरै अन्तरिक्ष भ्रमणहरू गरेका थिए ।





Source link

Leave a Comment