प्रकाशित मिति : मंसिर १४, २०८२ आईतबार

अमेरिकाले आप्रवासन नीतिमा कडाई गर्न थालेपछि युरोपका विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई यात्रा चेतावनीहरु जारी गरेका छन् । ट्रम्प प्रशासनले विदेशी पर्यटकहरुलाई कडा गर्न थालेपछि ती युरोपियन देशहरुले यात्रा सम्बन्धी चेतावनीहरु जारी गरेका हुन् ।
अमेरिकाद्वारा सिमामा आफ्ना नागरिकहरुलाई गिरफ्तार गरी हिराशतमा राख्न थालेपछि जर्मनी, युके लगायतका देशहरुले अमेरिका यात्रा गर्दा विभिन्न प्रमाणहरु साथमै बोक्न आफ्ना नागरिकहरुलाई कडा यात्रा चेतावनीहरु जारी गरेका छन् ।
जर्मनीले आफ्ना नागरिकलाई सिमामा हिराशत र देश निकाला गरेपछि अमेरिकाको मान्य भिसाले पनि प्रवेशको ग्यारेन्टी नगर्ने हुनाले फर्कने टिकट तथा अन्य प्रमाणहरु साथमा बोक्न भनेको छ ।
युकेले बसाइको उद्धेश्यसँग मेल खाने भिसा साथमा हुँदा पनि गलत जानकारी दिएमा वा आपराधिक गतिविधिमा संलग्न भएमा गिरफ्तारी, हिराशत वा देश निकाला हुन सक्ने चेतावनी आफ्ना नागरिकहरुलाई दिएको छ ।
यूकेको विदेश मन्त्रालयले अमेरिका यात्रा गर्ने आफ्ना नागरिकहरूका लागि आफ्नो सल्लाह अपडेट गदै चेतावनीमा भनिएको छ- “आफ्नो बसाइको अभिप्रेत उद्देश्यसँग मेल खाने मान्य भिसाको साथ अमेरिकामा प्रवेश गर्नुपर्छ। अमेरिकामा आपराधिक रेकर्ड, बसाइको उद्देश्यको बारेमा गलत जानकारी, वा प्रवेश वा निकासमा उनीहरूको भिसाको थोरै म्याद नाघ्नुले पनि गिरफ्तारी, हिराशत र देश निकाला निम्त्याउन सक्छ ।”
त्यस्तै आयरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स र नर्वेले आफ्ना ट्रान्सजेण्डर नागरिकहरुलाई लैंङगिक पहिचानसम्बन्धी विशेष यात्रा मार्गदर्शनलाई अपडेट गरेको छ ।
अमेरिकी अधिकारीहरूले भिसा र इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेशनका आवेदनहरूमा यात्रीको जन्मको समयको जैविक लिंग प्रतिबिम्बित हुनुपर्ने सङ्केत गरेका अधिकांश राष्ट्रहरूले चेतावनी दिएका छन् ।
यदि राहदानीमा रहेको लिंग जन्मको समयमा तोकिएको लिंगभन्दा फरक छ भने उनीहरूले अमेरिका प्रवेश अस्वीकारको सामना गर्न सक्ने वा थप जानकारीका लागि दूतावासलाई सम्पर्क गर्नुपर्ने सल्लाह दिइएको छ। त्यस्तै नर्वेले प्रवेश अवस्थाहरू कडा हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै आफ्नो यात्रा सल्लाहको पूर्ण निरीक्षण गरेको छ । फ्रान्स र स्पेन पनि आफ्नो यात्रा सल्लाह अपडेट गर्ने तयारीमा छन्, जसले यो विषयलाई एक व्यापक युरोपेली चिन्ताको रूपमा प्रतिबिम्बित गरेको छ ।
अमेरिकी सरकारले लागू गरेको कडा आप्रवासन नियमहरू, विशेष गरी लैङ्गिक पहिचानसम्बन्धी नयाँ आवश्यकताहरूले आफ्ना नागरिकहरूलाई अमेरिकी सीमामा अनावश्यक कठिनाइ र अवरोध हुन सक्ने डरले युरोपेली राष्ट्रहरुलाई चिन्तित बनाएको छ ।
ट्रम्पको कार्यकारी आदेश अनुसार अमेरिकी अध्यागमन नीतिमा जन्मको समयको लिङ्गलाई मात्रै मान्यता दिने गरी व्यवस्था गरिएको छ । अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले अब जैविक लिङ्ग पुरुष वा महिलालाई मात्रै मान्यता दिने छन् ।
भिसा आवेदन फारम तथा इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेशनमा आवेदकले जन्मको समयको लिङ्ग उल्लेख गर्नु आवश्यक बनाइएको छ । ती नीतिहरूले जन्मको लिङ्गसम्बन्धी कुनै पनि विसङ्गति वा जानकारी नखुलाइएमा त्यसलाई अध्यागमन कानून अन्तर्गत सामग्रीको गलत प्रस्तुति मान्न सकिने चेतावनी दिएका छन्, जसले भिसा पाउनबाट स्थायी रूपमा वञ्चित गर्न सक्छ भने यही कारणले सिमामा अमेरिकी सुरक्षा अधिकारीहरुले प्रवेश अस्वीकार गर्ने संभावना रहन्छ ।
ट्रान्सजेन्डर वा आफ्नो लिङ्ग पहिचान परिवर्तन गरेका व्यक्तिहरूको लागि अमेरिका यात्रा र अध्यागमन प्रक्रियालाई जटिल र चुनौतीपूर्ण बनाएका कारण युरोपका देशहरुले आफ्ना नागरिकहरुका लागि यात्रा चेतावनीहरु जारी गरेका हुन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
