अध्यागमन एजेन्टहरूद्वारा घरधनीहरूसँग भाडामा बस्ने आप्रवासीहरुको जानकारी माग



प्रकाशित मिति : श्रावण २, २०८२ शुक्रबार

अध्यागमन एजेन्टहरूद्वारा घरधनीहरूसँग भाडामा बस्ने आप्रवासीहरुको जानकारी माग

अमेरिकामा अध्यागमन अधिकारीहरूले घरधनीहरूलाई उनीहरूका भाडावालहरूको लीज, भाडा आवेदन, ठेगाना, परिचयपत्र र अन्य जानकारीहरू उपलब्ध गराउन माग गरिरहेका विवरणहरु सार्वजनिक भएका छन् । आइसले ट्रम्प प्रशासनको देशनिकालाको अभियानमा सहयोग गर्न घरधनीहरूसँग त्यस्ता विवरणहरु मागेको खुलासा भएको हो ।

एटलान्टा क्षेत्रमा धेरै घरधनीहरुले भाडावालको विवरण मागिएका पत्रहरु प्राप्त गरेको जनाइएको छ । भाडा आवेदनमा कामको इतिहास, वैवाहिक स्थिति र पारिवारिक सम्बन्धहरू समावेश हुन सक्छन्। त्यस्तै भाडावालसँग बस्ने अन्य व्यक्तिहरूको बारेमा पनि जानकारी माग गरिएको जनाइएको छ। केही पत्रहरु युएससीआइर्एएसको ठगी विरोधी इकाईका तर्फबाट जारी गरिएको जनाइएको छ ।

यस्ता पत्रहरुले गम्भीर कानूनी प्रश्नहरू खडा गर्ने कानुनविदहरुको भनाई छ । त्यस्ता पत्रहरुमा न्यायाधीशको हस्ताक्षर समेत छैन भने घरधनीहरूले पालना गरेमा उनीहरूले निष्पक्ष आवास ऐन उल्लङ्घन गर्ने जोखिम हुनसक्ने जनाइएको छ । किनभने यो ऐनले जाति, रंग वा राष्ट्रिय मूलको आधारमा भेदभावलाई निषेध गर्दछ।

अध्यागमन एजेन्टहरूद्वारा घरधनीहरूसँग भाडामा बस्ने आप्रवासीहरुको जानकारी माग

अध्यागमन एजेन्टहरूद्वारा घरधनीहरूसँग भाडामा बस्ने आप्रवासीहरुको जानकारी माग

आलोचकहरू यो पनि भन्छन् कि घरधनीहरू न्यायाधीशले आदेश नदिएको कुरा पालना गर्न डराउने सम्भावना छ, जबकि जसको जानकारी मागिएको छ त्यो व्यक्तिलाई आफ्नो निजी रेकर्ड अध्यागमन अधिकारीहरूको हातमा छ भन्ने कुरा कहिल्यै थाहा नहुन सक्छ।

आइसका अधिकारीहरूले लामो समयदेखि एजेन्सीका सुपरभाइजरले हस्ताक्षर गरेको पत्र प्रयोग गरेर घरहरूमा प्रवेश गर्ने प्रयास गर्दै आएका छन्। वकालत समूहहरूले ूचलाएका अभियानहरुमा न्यायाधीशले हस्ताक्षर गरेको पत्र नभएसम्म घरभित्र आइसको प्रवेश अस्वीकार गर्न आग्रह गरिएको छ।

घरवेटीहरुलाई पठाइएका पत्रहरुमा न्यायाधिसको हस्ताक्षर नभएपनि पालना नगरेमा घरधनीलाई अदालतको अवहेलनाको लागि सजाय दिन सक्ने धम्की दिइएको छ। होमल्याण्ड सेक्युरिटीले पनि आइसबाट जारी गरिएका प्रशासनिक पत्रहरुको पालना नगर्दा गम्भीर कानूनी जरिवाना हुनसक्ने चेतावनी दिएको छ ।





Source link

Leave a Comment