अदालतले रोक लगाएको २०२० को एसाइलमसम्बन्धी कडा नियम ट्रम्प प्रशासनद्वारा पुनः अनुमोदन



प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार

अदालतले रोक लगाएको २०२० को एसाइलमसम्बन्धी कडा नियम ट्रम्प प्रशासनद्वारा पुनः अनुमोदन

Department of Homeland Security (DHS) Secretary Kristi Noem. (DHS photo by Tia Dufour)

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले २०२० मा तत्कालीन कार्यवाहक सेक्रेटरी चाड वुल्फ र डिपार्टमेन्ट अफ जस्टिसद्वारा जारी गरिएको विवादास्पद एसाइलमसम्बन्धी नियम पुनः लागू गर्न औपचारिक रूपमा अनुमोदन गरेकी छिन्। उक्त अनुमोदन बुधबार फेडरल रजिष्ट्ररमा प्रकाशित भएको छ। यो अन्तिम नियम सन् २०२० को डिसेम्बर ११ मा अघिल्लो ट्रम्प प्रशासनद्वारा ल्याइएको थियो भने सन् २०२१ को जनवरी ११ देखि लागू गर्ने तय गरिएको थियो। तर, जनवरी ११ अगावै नियमको कार्यान्वयनमा अदालतले रोक लगाएको थियो।

सन् २०२१ मा सान फ्रान्सिस्कोस्थित संघीय अदालतका न्यायाधीश जेम्स डोनाटोले उक्त नियम कार्यान्वयनमा रोक लगाउने आदेश दिएका थिए। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी चाड वुल्फसँग यस्तो नियम ल्याउने अधिकार नभएको भन्दै कार्यान्वयनमा रोक लगाइएको थियो। वुल्फको नियुक्तिसम्बन्धी प्रश्नचिन्ह उठ्दै गर्दा उनले ल्याएका नियमहरू कार्यान्वयनमा रोक लगाइएको हो र उक्त अदालतको आदेश देशभर लागू भएको थियो।

होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले यो अनुमोदन अत्यन्तै सावधानीपूर्वक गरिएको बताएकी छिन्। नोएमका अनुसार, उनले गरेको अनुमोदनले नियमको प्रारम्भिक जारीकर्तासम्बन्धी कुनै कानूनी प्रश्न समाधान गर्ने र अनुमोदनलाई वैधानिक बनाउने उद्देश्य राखेको छ। अहिलेको नियम अनुमोदनले नियम निर्माणका जुनसुकै त्रुटिलाई सच्याएको दाबी गरिएको छ।

यद्यपि, यो अन्तिम नियमका केही प्रावधान पछिल्ला संघीय नियमको संहितामा गरिएका संशोधनका कारण पूर्ण रूपमा लागू हुन नसक्ने होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले स्वीकार गरेकी छिन्। साथै, अदालतबाट जारी अर्को आदेशले पनि हालका लागि यो नियम कार्यान्वयनमा रोक लगाएको छ। यसर्थ, होमल्याण्ड सेक्युरिटीले नियमलाई कानूनी रूपमा बलियो बनाउँदैगर्दा पनि यो अनुमोदनले अदालतको आदेश तत्काल हटाउँदैन। यो अनुमोदन सन् २०२० को मूल अनुमोदन मितिदेखि नै लागू हुनेछ।

अदालतले रोक लगाएको २०२० को एसाइलमसम्बन्धी कडा नियम ट्रम्प प्रशासनद्वारा पुनः अनुमोदन

के छ यो नियममा?

४१९ पृष्ठ लामो यस नियमले सीमा क्षेत्रमा आएर एसाइलमको माग गर्ने व्यक्तिले अमेरिकामा रहन आफ्नै देश फर्केका खण्डमा गम्भीर क्षति हुने कुरा ‘क्रेडिबल फियर’ अन्तर्वार्ताकै क्रममा पुष्टि गर्नुपर्ने प्रावधान राखेको छ। पहिले केवल यातना वा क्षतिको डर पुष्टि गर्न पर्याप्त हुन्थ्यो भने, अब मापदण्ड थप कडा बनाइएको छ।

यस नियमअन्तर्गत, गम्भीर प्रकारको क्षति प्रमाणित गर्न नसक्नेलाई तीव्ररूपमा देश निकाला गर्ने प्रावधान समावेश छ। साथै, अध्यागमन अदालतका न्यायाधीशलाई अस्वीकृत, कमजोर, वा नक्कली रहेका एसाइलम आवेदन खारेज गर्न अधिकार दिइएको छ। अर्थात्, न्यायाधीशहरूले सुनुवाइको अवसर नदिईकनै आवेदन अस्वीकार गर्न सक्छन्।

नक्कली एसाइलमदातालाई अन्य अध्यागमन राहतको लागि आवेदन दिन र भविष्यमा अन्य भिसा तथा ग्रिन कार्डको लागि समेत आवेदन गर्न प्रतिबन्ध गर्ने व्यवस्था छ।

कानून व्यवसायी खगेन्द्र जीसीका अनुसार, यो नियमले सीमा क्षेत्रमा प्रारम्भिक स्क्रिनिङ पास गर्न कठिन बनाउँछ र विगतदेखि अभ्यासमा रहेका एसाइलमका आधारहरू पनि खारेज गर्छ। साथै, आवेदकलाई सुनुवाइको अवसर नदिईकनै आवेदन अस्वीकृत गर्ने अधिकार न्यायाधीशलाई दिन्छ। तेस्रो मुलुक हुँदै अमेरिका प्रवेश गर्ने अधिकांश आवेदकका लागि एसाइलम अस्वीकार हुन्छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment