अझै रिहा भएनन् ससुराको हमाससँग सम्बन्धको आरोपमा अमेरिकामा पक्राउ भारतीय प्रोफेशर



प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार

a passport, watch and pen on a table

अमेरिकामा रहेका भारतीय प्रोफेशर बदर खान सुरीले अहिले अमेरिकाबाट हमास सदस्यसँग सम्बन्ध रहेको आरोपमा देशनिकालाको सामना गरिरहेका छन् । आइसले मार्च १७ मा हिरासतमा लिएका जर्जटाउन विश्वविद्यालयका प्राध्यापक तथा पोस्टडक्टोरल विद्वानलाई देश निकाला गर्न रोक लगाउने आदेश एक संघीय न्यायाधीशले दिएपनि उनलाई आइसको हिराशतबाट भने रिहा गरिएको छैन ।

प्यालेस्टिनी अधिकारको समर्थन गरेको वा गाजामा भएको युद्धको लागि इजरायलको आलोचना गरेको कारण ट्रम्प प्रशासनले निशानामा पारेका व्यक्तिमा सुरी पछिल्लो विद्वान हुन्। अधिकारीहरूले सुरीलाई पनि हमासको प्रोपोगाण्डा फैलाएको आरोप लगाएका छन्।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी उच्च अधिकारी ट्रिसिया म्याकलफ्लिनले सामाजिक सञ्जालमार्फत सूरी जर्जटाउन विश्वविद्यालयमा विदेशी मुद्रा विद्यार्थी भएको र उनले सामाजिक सञ्जालमा हमासको प्रचार र यहूदी विरोधी भावनालाई सक्रिय रूपमा फैलाएको आरोप लगाएकी छिन् । सुरीको एक ज्ञात वा संदिग्ध आतंकवादीसँग घनिष्ठ सम्बन्ध भएको र उनी हमासको एक वरिष्ठ सल्लाहकार भएको ती अधिकारीको आरोप छ ।

अझै रिहा भएनन् ससुराको हमाससँग सम्बन्धको आरोपमा अमेरिकामा पक्राउ भारतीय प्रोफेशर

अझै रिहा भएनन् ससुराको हमाससँग सम्बन्धको आरोपमा अमेरिकामा पक्राउ भारतीय प्रोफेशर

उनका वकिलहरूले यस्तो आरोपलाई अस्वीकार गरेका छन् । सरकारले सुरी र उनकी श्रीमतीको प्यालेस्टिनीहरूलाई समर्थन र यो जोडीको गाजासँगको सम्बन्धको लागि बदला लिइरहेको अदालतमा पेश गरिएको कागजातमा उल्लेख छ । युएससीआईएसका अनुशार उनी जेवान भिसामा अमेरिकामा छन् । २०२० मा सुरीले नयाँ दिल्लीको युनिभर्सिटीबाट शान्ति र द्वन्द्व अध्ययनमा आफ्नो विद्यावारिधि पूरा गरेका थिए ।

सुरीकी श्रीमती माफेजे सालेह प्यालेस्टिनी मूलकी अमेरिकी नागरिक हुन् । उनले अमेरिकामा जन्मिएको र ५ बर्षको उमेरमा गाजामा बसाई सराई गरेको तथा उनले जन्मका आधारमा नागरिकता प्राप्त गरेको जनाइएको छ । उनका बुबा अहमद युसुफ हुन्, जो हमासका पूर्व सल्लाहकार थिए। युसुफले उनका ज्वाइँ हमासको तर्फबाट लगायत कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नभएको न्युयोर्क टाइम्सलाई बताएका थिए । युसुफले आफ्नो तर्फबाट अक्टोबर ७, २०२३ मा इजरायलमा भएको आक्रमणको आलोचना गरेका थिए र एक दशकभन्दा बढी समय अघि हमासद्वारा सञ्चालित सरकारमा आफ्नो भूमिका छाडिसकेका थिए ।

मार्च १७ मा सुरी रमजानको भोज सकेर घर फर्किएपछि उनलाई नकाबधारी संघीय एजेन्टहरूले सम्पर्क गरेका थिए । उनीहरूले सुरीलाई सरकारले उनको भिसा रद्द गरेको जानकारी दिएका थिए । एजेन्टहरूले सुरीलाई उनकी श्रीमतीको अगाडि हिरासतमा लिएका थिए ।

सुरीले १५ बर्ष अगाडि गाजामा अन्तर्राष्ट्रिय सहायताका क्रममा जाँदा मफिजे सालेहलाई भेटेका थिए, जो एक प्यालेस्टाइनी थिइन् र हमासका पूर्व सल्लाहकारकी छोरी थिइन्, जससँग उनले केही महिनापछि विवाह गरे। लगभग एक दशक दिल्लीमा बसेपछि यो जोडी अमेरिका आएको थियो । जहाँ सुरीले प्रतिष्ठित जर्जटाउन विश्वविद्यालयमा पोस्टडक्टोरल फेलोको रूपमा काम सुरु गरेका थिए । उनी भर्जिनियामा करिब तीन वर्षदेखि बसिरहेका थिए जब उनी पक्राउ परे ।

कभर तस्वीर सांकेतिक मात्र हो । यो सुरीसँग सम्बन्धित छैन ।

अझै रिहा भएनन् ससुराको हमाससँग सम्बन्धको आरोपमा अमेरिकामा पक्राउ भारतीय प्रोफेशर





Source link

Leave a Comment