अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिए, अमेरिकाबाट ५ हजार ६१४

अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिए, अमेरिकाबाट ५ हजार ६१४



प्रकाशित मिति : भाद्र १७, २०८१ सोमबार

सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् ।

सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् । अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट चार हजार ८५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार तीन सय चार, सन् २०२१ को अगष्टमा छ हजार ९३ र सन् २०१९ को अगष्टमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School