सजाय रोक्न ट्रम्पले गरेको अन्तिम प्रयास सर्वोच्च अदालतद्धारा अस्वीकार



प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारको सजाय रोक्न गरेको अन्तिम प्रयासलाई अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

राष्ट्रपति निर्वाचित ट्रम्पले सजायको कारवाही स्वचालित रूपमा स्थगित गर्न पाउने अधिकारको बारेमा सर्वोच्च अदालतलाई विचार गर्न आग्रह गरेका थिए । तर बहुमत न्यायाधीशहरूले उक्त आवेदन अस्वीकार गरेका छन ।

ट्रम्पलाई २०१६ मा वयस्क फिल्म स्टार स्टोर्मी ड्यानियल्सलाई दिएको १ लाख ३० हजार डलर रकमको भुक्तानीलाई कानुनी खर्चका रूपमा देखाउन कीर्ते लेखा तयार गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

यस प्रकरणको अध्यक्षता गरिरहेका न्यायाधीश जुआन मर्चनले हालैको निर्णयमा ट्रम्पलाई जेल सजाय दिन नपर्ने संकेत गरेका छन् ।

सर्वोच्च अदालतका दुई जना परम्परावादी न्यायाधीश जोन बर्ट्स र एमी कोनी ब्यारेट जस्ता तीन प्रगतिशील न्यायाधीशहरूसँग मिलेर बहुमतमा रहेका थिए ।

न्यूयोर्कका तीन तहका अदालतहरूले ट्रम्पको सजाय ढिलाइ गर्ने प्रयासलाई अस्वीकार गरिसकेका थिए । त्यसपछि सर्वोच्च अदालतले बिहीबार साँझ सजायलाई पूर्वनिर्धारित तालिकाअनुसार अघि बढ्न दिने अन्तिम निर्णय गर्यो ।

न्यायाधीशहरूले ट्रम्पको निवेदन अस्वीकार गर्दै उनका चिन्ताहरूलाई अपीलका क्रममा सम्बोधन गर्न सकिने बताए ।

ट्रम्पका वकिलहरूले सर्वोच्च अदालतलाई राष्ट्रपति निर्वाचित व्यक्तिलाई आपराधिक अभियोजनबाट उन्मुक्ति दिनुपर्ने हो कि भनेर विचार गर्न पनि आग्रह गरेका थिए।

सजाय रोक्न ट्रम्पले गरेको अन्तिम प्रयास सर्वोच्च अदालतद्धारा अस्वीकार

मे २०२४ मा दोषी ठहर भएपछि ट्रम्पलाई सुरुवातमा जुलाईमा सजाय तोक्ने तयारी गरिएको थियो । तर, उनका वकिलहरूले तीन पटकसम्म न्यायाधीश मर्चनलाई सजाय स्थगित गर्न राजी गराए ।

गत हप्ता न्यायाधीश मर्चनले जनवरी १० मा सजाय अघि बढ्ने घोषणा गरे । जुन ट्रम्पले पुनः राष्ट्रपति पदको शपथ ग्रहण गर्नु केही दिनअघि पर्छ ।

पूर्व सरकारी अधिकारी र कानूनी ज्ञाताहरूको समूहले सर्वोच्च अदालतलाई पत्र लेख्दै ट्रम्पको जवाफदेहिताबाट बच्न गरिएको प्रयास अस्वीकार गर्न आग्रह गरेका थिए।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School