वैदेशिक रोजगारीमा पठाएका श्रमिकको अवस्था म्यानपावरले नै अनुगमन गर्नुपर्ने
९ असार, काठमाडौं । म्यानपावर व्यवसायीहरूले आफूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्था, कार्यस्थलको वातावरण र उनीहरूले भोगिरहेका समस्याबारे नियमित अनुगमन गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा वैदेशिक रोजगार विभागले एक सार्वजनिक सूचना जारी गर्दै म्यानपावरलाई प्रत्येक ३/३ महिनामा अवस्थाको अनुगमन प्रतिवेदन पेश गर्न भनेको हो । …