विज्ञान सिक्न धनी देश होइन, जिज्ञासु समाज चाहिन्छ
गत वर्ष अप्रिलमा पोखराका एक १७ वर्षीय विद्यार्थीले काठमाडौंमा बसेर आफ्नो मौलिक अनुसन्धानको बचाउ गर्दै २० मिनेट बिताए। उनको अनुसन्धानको विषय थियो-‘पानीका थोपाहरू किन कम्पन गर्ने सतहमा उफ्रिन्छन्?’ उनले स्थानीय रूपमा उपलब्ध सामग्रीबाट आफैं उपकरण निर्माण र प्रयोग डिजाइन गरेका थिए। हरेक प्रयासले व्याख्या गर्न नसकिने नतिजा दिएपछि उनले आफ्नो …