छठ : बागमतीमा अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटो फिचर)


News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौंको थापाथलीस्थित बागमती नदीमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरेका छन् ।
  • छठको तेस्रो दिन व्रतालुहरूले जलाशयमा पुगेर सूर्यदेवको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।
  • काठमाडौंका अन्य स्थान र तराईका जिल्लामा पनि छठको धुमधाम पूजा गरिएको छ ।

२९ कात्तिक, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ। व्रतालुहरूले त्यहाँ तयार पारिएको घाटमा पुगेर पूजाआजा गरेका हुन्। आज छठको तेस्रो तथा महत्त्वपूर्ण दिन हो।

व्रतालुहरू जलाशयमा पुगेर सूर्यदेवको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् । काठमाडौंका अन्य विभिन्न ठाउँमा पनि छठको धुमधाम पूजा गरिएको छ। त्यस्तै तराईका जिल्लामा पनि धुमधामका साथ पूजाआजा गरिएको छ।





Source link

Translate »