News Summary
Generated by OK AI. Editorially reviewed.
- तिहारको तेस्रो दिन आइतबार साँझ घरघर, कार्यालय र उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ।
- झिलिमिली बत्तीले काठमाडौं उपत्यका जगमग बनेको छ।
- घर, कार्यालय र उद्योगमा बालिएका बत्तीले तिहारको रौनक थपेको छ।
२२ कात्तिक, काठमाडौं । तिहारको आज तेस्रो दिन । तिहारको मुख्य दिन लक्ष्मीपूजा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।
आइतबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् ।
यसैबीच काठमाडौं उपत्यकाका यतिबेला झिलिमिली बत्तीले जगमग बनेको छ । उपत्यकाका घर तथा कार्यालय र उद्योगमा बालिएका बत्तीका कारण तिहारको रौनक झनै थपेको छ ।
उपत्यकालाई देखिने गरी काठमाडौंको चन्द्रागिरिबाट कैद गरिएका केही तस्बिर







