सर्लाहीमा ट्रक र ईभी ठोक्किँदा १२ जना घाइते, एकको अवस्था गम्भीर


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँके जङ्गलमा ट्रक र यात्रुवाहक ईभी ठोक्किँदा १२ जना घाइते भएका छन् ।
  • दुर्घटनामा बाराका र सर्लाहीका यात्रु घाइते भएका छन्, जसमध्ये रञ्जित रामको अवस्था गम्भीर छ ।
  • गम्भीर घाइते रञ्जितलाई कलैयास्थित एलएस न्युरो अस्पताल पठाइएको छ भने अन्यको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

७ कात्तिक, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा ट्रक र यात्रुवाहक विद्युतीय गाडी (ईभी) आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

पूर्व–पश्चिम राजमार्गमा शनिबार भएको दुर्घटनामा सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक ठोक्किएका हुन् ।

दुर्घटनामा बाराको महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी, वडा नम्बर ९ का ४८ वर्षीय राजेन्द्र राम तथा सुवर्ण गाउँपालिका–४ का रञ्जित राम, भवन राम, रामदेव राम, विनोद राम र रुदल राम घाइते भएका छन् ।

रञ्जित ३७, भवन ४५, रामदेव ४०, विनोद ४० र रुदल ४७ वर्षका हुन् ।

त्यस्तै, सुवर्ण गाउँपालिका–७ का ६३ वर्षीय हरिहर राम, कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय नन्दन राम र उमेश राम, पचरौता नगरपालिका–७ का ५५ वर्षीय रामसन्देश राम तथा सिम्रौनगढ नगरपालिका–४ का ४० वर्षीय नवलकिशोर राम घाइते भएका छन् ।

गम्भीर घाइते रञ्जितलाई थप उपचारका लागि कलैयास्थित एलएस न्युरो अस्पताल पठाइएको छ । अन्य घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा राखिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





Source link

Translate »