छलफल गर्न भन्दै पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ठाडो निवेदन परेपछि छलफलका लागि नेपाल प्रहरीको साइबर व्युरोमा लगिएको छ।
  • श्रेष्ठविरुद्ध हिजो रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तले निवेदन दिएका थिए, र श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमै निवेदन दिएका थिए।
  • श्रेष्ठलाई यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरले नियन्त्रणमा लिई विद्युतीय सामग्री जफत गरेको थियो।

३१ असोज, काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर व्युरोको कार्यालय लगिएको छ । उनलाई लिन आज बिहान ब्युरोको टोली नख्खुस्थित घरमै पुगेको थियो ।

साइबर व्युरोको उच्चस्रोतले अनलाइनखबरसँग भन्यो, ‘उहाँविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि ल्याइएको हो ।’

समाचारको विषयलाई लिएर श्रेष्ठविरुद्ध हिजो रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तले साइबर व्युरोमा निवेदन दिएका थिए । पत्रकार श्रेष्ठले पनि हिमेश विरुद्ध ब्युरोमै निवेदन दिएका थिए । ब्युरो स्रोतका अनुसार श्रेष्ठ र पन्त दुवै पक्षलाई राखेर छलफल गराउने तयारी छ ।

श्रेष्ठलाई यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरले नियन्त्रणमा लिएको थियो । उनको निवास र घरमा खानतलासी गरेर प्रहरीले ल्यापटप, कम्प्युटर लगायतका विद्युतीय सामग्रीहरु नियन्त्रणमा समेत लिएको थियो ।

तर बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारेको थियो । त्यसपछि उनी भदौ १ गते हिरासत मुक्त भएका थिए ।





Source link

Translate »