News Summary
Generated by OK AI. Editorially reviewed.
- एमएडब्लू राइडसले देशव्यापी २० आधिकारिक यामाहा डिलरशिपमार्फत नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ विस्तार गरेको छ ।
- काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो र यामाहा ब्लु फेस्टपछि मोटरसाइकल क्षेत्रीय शोरुमहरूमा पुगेको हो ।
- ५ लाख ३४ हजार ९०० मूल्यको यो भेरियन्टका लागि टेस्ट राइड र बुकिङ आधिकारिक डिलरशिपमा खुला गरिएको छ ।
२५ असोज, काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रा.लि.ले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरसिपहरूमा एकैसाथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ विस्तार गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपछि यो मोटरसाइकल अहिले देशव्यापी क्षेत्रीय २० शोरुमहरूमा आइपुगेको हो ।
राइडरहरूले अब आफ्नो नजिकैको आधिकारिक डिलरमा पुगेर प्रत्यक्ष रूपमा मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन र सिधै बुकिङ गर्न सक्नेछन् ।
यामाहाको मूल मर्म ‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’लाई आत्मसात् गरेको एक्सएसआर १५५ ले मौलिक रेट्रो स्टाइल र आधुनिक प्रदर्शनको उत्कृष्ट संयोजन प्रदान गर्दछ ।
यसमा भिभीए प्रविधिको १५५ सीसी लिकुइड–कुल्ड इन्जिन र ६–स्पीड गियर ट्रान्समिसन रहेको छ, जसले दैनिक यात्रा तथा हाइवे राइडमा सेगमेन्टमै उत्कृष्ट माइलेजका साथै भरपर्दो पावर र उच्च गतिमा स्थिरता प्रदान गर्दछ ।
हाल उपलब्ध आकर्षक रंगहरू ब्ल्याक, ग्रे, रेडका साथै लाइनअपमा थप स्टाइलका विकल्पहरूको ग्राहक मागलाई सम्बोधन गर्दै यामाहाले यो नयाँ ब्लु विकल्प बजारमा ल्याएको हो । ५ लाख ३४ हजार ९०० मूल्य तोकिएको यो नयाँ भेरियन्ट थप किफायती समेत भएकाले धेरैभन्दा धेरै राइडरहरूलाई मौलिक नियो–रेट्रो मोटरसाइकल खरिद गर्न सहज बनाउनेछ ।
क्षेत्रीय विस्तारका अवसरमा बोल्दै एमएडब्लू राइडस प्रा.लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने ‘हामीले एक्सएसआर १५५ मा निकै सकारात्मक प्रतिक्रिया पाएका छौँ र राइडरहरूले थप नयाँ रंगका विकल्पहरूको स्पष्ट माग ब्लु एक्सएसआरलाई क्षेत्रीय बजारहरूमा प्रत्यक्ष रूपमा पुर्याउनु हाम्रो लागि एउटा महत्त्वपूर्ण कदम हो ।’
ब्लु यामाहा एक्सएसआर १५५ का लागि टेस्ट राइड तथा बुकिङ हाल देशव्यापी क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरशिपहरूमा खुला गरिएको छ ।