एसियन गेम्स : नेपालले खोल्यो पदकको खाता, तेन्जिङले करातेमा जिते कास्य


News Summary

Generated by OK AI. Editorially reviewed.

  • जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ ।
  • करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथि तौल समूहमा कास्य पदक जितेका हुन् ।
  • तेन्जिङले कास्यका लागि भएको खेलमा लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे ।

७ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन् ।

टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

कास्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे ।

यससँगै जारी एसियाली खेलकुदमा नेपालको पदक खाता खुलेको छ ।





Source link

Translate »