कांग्रेस महामन्त्रीलाई संस्थापन इतर समूहले गर्‍यो मुगु प्रवेश निषेध


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु जिल्लामा प्रवेश निषेध गर्ने निर्णय गरेको छ।
  • समूहले ऐनबहादुर शाहीलाई हटाएर हरिजंग शाहीलाई कार्यवाहक सभापति तोकिएको निर्णयप्रति आपत्ति जनाउँदै खेद प्रकट गरेको छ।
  • त्यस्तै, उक्त समूहले वडा अधिवेशन असोज १५ गतेदेखि गर्ने निर्णय गरेको छ।

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेधको निर्णय गरेको छ।

आज बसेको उक्त समूहको बैठकले पार्टी सभापति ऐनबहादुर शाहीलाई हटाएर हरिजंग शाहीलाई कार्यवाहक तोकेकोप्रति आपत्ति जनाउँदै यस्तो निर्णय गरेको हो।

‘…नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था बमोजिम १४औं जिल्ला अधिवेशनमा निर्वाचित सभापति ऐनबहादुर शाहीज्यू पार्टीका क्रियाकलापमा सक्रिय सहभागी भइरहेको अवस्थामा बिना जानकारी, विधान विपरीत कथित केन्द्रीय विशेष महाधिवेशन टिके महामन्त्री गुरुराज घिमिरेले कार्यवाहक सभापति तोकेको निर्णयप्रति खेद प्रकट गर्दै निज महामन्त्रीलाई मुगु जिल्लामा प्रवेश निषेध गर्ने निर्णय पारित गरियो,’ निर्णय माइन्युटमा उल्लेख छ।

त्यस्तै यो समूहले वडा अधिवेशन असोज १५ गतेदेखि गर्ने निर्णय पनि गरेको छ।

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले भने असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने निर्वाचन तालिका ल्याएर सोहीअनुसार कामकारबाही अघि बढाएको छ।

संस्थापन इतर समूहले कर्ण रावललाई कार्यवाहक सभापति तोकेर कामकारबाही अघि बढाएको छ।

नेता धर्मराज शाहीका अनुसार रावललाई कार्यवाहक सभापतिको जिम्मेवारी ऐनबहादुर शाहीले दिएका हुन्।

यस्ता छन् निर्णयहरू 

 





Source link

Translate »