News Summary
Generated by OK AI. Editorially reviewed.
- कुमारी बैंकले चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ ।
- मंगलबार बसेको सञ्चालक समिति बैठकले २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजीका आधारमा लाभांश घोषणा गरेको हो ।
- राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको पारित भएपछि लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।
३१ भदौ, काठमाडौं । कुमारी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको हाल चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ ।
यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाबाट पारित भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ ।