News Summary
Generated by OK AI. Editorially reviewed.
- प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका रूपमा दर्ता वा सूचीकरण नभएका १३ फेसबुक पेजमाथि कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ।
- काउन्सिलले ती पेजले अतिरञ्जित शीर्षक र थम्बनेल राखी भ्रम, अफवाह र अतिरञ्जना फैलाउने सामग्री प्रकाशन गरेको जनाएको छ।
- युथ अफ पर्सा, हाम्रो सहयात्रा, नेपाल खबर, न्युज कलेक्सन नेपाल र आवाज उदयपुरसहितका पेज ननमिडिया रहेको काउन्सिलले जनाएको छ।
३० भदौ, काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका रूपमा दर्ता वा सूचीकरण नभएका भ्रम तथा अतिरञ्जना फैलाउने १३ फेसबुक पेजमाथि कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
फेसबुकमा अतिरञ्जित शीर्षक र थम्बनेल राखी भ्रम तथा अफवाह फैलाउने सामग्री प्रकाशन गरेको पाइएपछि ती पेजमाथि अनुसन्धान र कारबाही गर्न साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।
त्यस्ता पेजहरूमा युथ अफ पर्सा(वाईओपी), हाम्रो सहयात्रा, नेपाल खबर(फेसबुक पेज), न्युज कलेक्सन नेपाल, हिमाल अपडेट, एमओ नेपाल, डेली न्युज एनपी, सार्वजनिक सूचना, नेपाल नोब्स खबर, जितपुर सिमरा नेपाल, एक नम्बर टीभी, न्युज निष्पक्ष आवाज र आवाज उदयपुरको नामक फेसबुक पेज रहेको काउन्सिलले जनाएको छ ।
यी सबै पेज नन मिडियाका रहेको पनि काउन्सिलले जनाएको छ । तीमध्ये केही पेजले निर्देशन पालना नगरेको र केहीको सम्पर्क विवरणसमेत नभेटिएको काउन्सिलले भनेको छ ।