२० भदौ, काठमाडौं । चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा घुम्ती रक्तदान कार्यक्रमको ५० औं शृङ्खला सञ्चालन गरिएको छ । विश्व रक्तदाता संगठन नेपाल, चितवनको आयोजनामा भएको यो कार्यक्रमबाट एक हजार पिन्ट रगत संकलन भएको छ ।
विश्व रक्तदाता संगठनका संस्थापक अर्जुन अधिकारीका अनुसार घुम्ती रक्तदान श्रृंखला नियमित रूपमा सञ्चालन भइरहेको छ । यस अभियानले रगतको अभावमा रहेका बिरामीहरूलाई आवश्यक समयमा रगत उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनले बताए ।
संकलित प्रत्येक पिन्ट रगतले आवश्यक परेको समयमा कसैको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउने भएकाले उनले सबैलाई नियमित रक्तदान अभियानमा सहभागी हुन आग्रह गरे ।