News Summary
Generated by OK AI. Editorially reviewed.
- काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला फुटबल ग्राउन्ड नजिकैको कटेजमा राति साढे १२ बजे विद्युत् सर्ट भएर आगलागी भएको छ।
- प्रहरी र दमकलको टोली अहिले आगो नियन्त्रणमा खटिएको छ।
- कटेजका सञ्चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन्।
१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ को पेप्सीकोलामा आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा आगलागी भएको हो ।
प्रहरी वृत्त, काँडाघारीका असई रमेश ओलीका अनुसार, राति साढे १२ बजे कटेजमा आगलागी भएको हो । प्रहरीका अनुसार, कटेजमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
अहिले दमकल पुगेर आगलागी नियन्त्रणको प्रयास गरिरहेको असई ओलीले जानकारी दिए ।
अहिलेसम्म कटेजका सञ्चालक भने प्रहरीको सम्पर्कमा आइसकेका छैनन् । अहिले दमकलसहित प्रहरीको टोली पुगेर आगो निभाउने काम गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।