News Summary
Generated by OK AI. Editorially reviewed.
- २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणमै अर्जेन्टिनाका मारियानो नवोनसँग ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित भए ।
- न्यूयोर्कमा भएको खेलमा नवोनले जोकोभिचविरुद्ध करियरकै सबैभन्दा ठूलो जित निकाले ।
- पाँचौं सेटमा स्वास्थ्य समस्याले संघर्ष गरेका जोकोभिच भावुक बनेर आँसु झारेपछि दर्शकले लामो समयसम्म ताली बजाउँदै हौसला दिएका थिए ।
१५ भदौ, काठमाडौं । २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् ।
अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले ।
न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर चौथो सेटदेखि स्वास्थ्य समस्याले संघर्ष गरिरहेका सर्बियाली स्टारको प्रदर्शन खस्कियो ।
पाँचौं सेटमा उनी भावुक बनेर आँसु झारेका थिए भने दर्शकले लामो समयसम्म ताली बजाउँदै उनलाई हौसला दिएका थिए ।
खेलपछि नवोनले जोकोभिचलाई आफ्नो आदर्श खेलाडी भन्दै यो जितलाई ‘जीवनकै सबैभन्दा ठूलो दिनको रूपमा व्याख्या गरेका छन् ।
‘पाँच सेटमा महान् खेलाडीसँग खेल्नु र जित्नु हरेक दिन सम्भव हुँदैन । यो मेरो सपना पूरा भएको क्षण हो’ नवोनले भने ।
३८ वर्षीय जोकोभिचको पहिलो चरणमै भएको यो पराजयपछि उनी भविष्यमा युएस ओपनमा पुनः खेल्ने वा नखेल्ने विषयमा पनि चर्चा सुरु भएको छ ।