जितपछि रवीन्द्रले भने : बाढीले नेपालमा गाह्रो भइरहेको छ, सबैले सक्दो सहयोग गर्नुहोला


News Summary

Generated by OK AI. Editorially reviewed.

  • रोड टु युएफसीको फाइनल पुगेका नेपाली फाइटर रवीन्द्र ढाँटले बाढीका कारण नेपालमा गाह्रो अवस्था रहेको भन्दै सहयोग गर्न आग्रह गरे।
  • ढाँटले न्युजिल्यान्डका कासिब मर्डाकलाई हराएर फाइनल पुगेका हुन् र अब योर ताजिमासँग खेल्नेछन्।
  • ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्।

१२ भदौ, काठमाडौं । रोड टु युएफसीको फाइनलमा पुगेका नेपाली फाइटर रवीन्द्र ढाँटले नेपालको हालको अवस्था गाह्रो रहेको र सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

शुक्रबार खेलपछि कुरा गर्दै उनले सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका हुन् ।

‘अहिले नेपालमा धेरै नै गाह्रो अवस्था भइराखेको छ बाढीहरुले गर्दाखेरि । कृपया आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुहोला’ उनले भने ।

न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराएर फाइनल पुगेका ढाँटले अब योर ताजिमासँग फाइनलमा खेल्नेछन् ।

ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनल पुगेका थिए ।

फाइनल जित्ने फाइटर युएफसीका लागि छनोट हुनेछन् ।





Source link

Translate »