News Summary
Generated by OK AI. Editorially reviewed.
- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा काठमाडौंबाट २ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ३७ वर्षीय नविन लामा र सल्यानका ५० वर्षीय रमेश रेउले रहेका छन्।
- नविनले मलेसिया पठाइदिन्छु भन्दै ३ जनाबाट १४ लाख र रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जनाबाट ३ लाख लिएर सम्पर्कविहीन भएको उजुरी परेको प्रहरीले जनाएको छ।
६ भदौ, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१२ घर भएका ३७ वर्षीय नविन लामा र काठमाडौं महानगरपालिका–३२ बस्ने सल्यान शारदा नगरपालिका–२ घर भएका ५० वर्षीय रमेश रेउले रहेका छन् ।
पक्राउमध्ये नविनले मलेसिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १४ लाख रूपैयाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नविनलाई काठमाडौं महानगरपालिका–२६ बाट र रमेशलाई काठमाडौं महानगरपालिका–२९ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।