स्रोत नखुलेको ५२ लाख ५० हजारसहित ४ जना पक्राउ


News Summary

Generated by OK AI. Editorially reviewed.

  • पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • विशेष सूचनाका आधारमा आदर्शनगरबाट दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
  • पक्राउ पर्नेमा भारतका सुरज कर्ण तथा नेपालका उपेन्द्र साह, सागरकुमार सर्साफ र राहुतकुमार गुप्ता रहेका छन्।

२६ साउन, काठमाडौं । पर्सामा प्रहरीले ५२ लाख ५० हजार स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरबाट उक्त रकमसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

प्रदेश २-०३-००३ प७२१५ र ना५७प५१८२ नम्बरको मोटरसाइक खानतलासी गर्दा उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको विहार जिल्ला सितामढी थाना डुमराका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका-१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ र पर्साको विन्दवासिनी गाउँपालिका-१ का २५ वर्षीय  राहुतकुमार गुप्ता रहेका छन् ।

उनीहरुको साथबाट १००० दरका ४००५ थान, ५०० दरका २३५३, १०० दरका ६४३ र ५० दरका ८४ थान गरी ५२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।





Source link

Translate »