ट्रम्प प्रशासनको कडा नीति: अमेरिकामा ५० वर्षपछि पहिलो पटक आप्रवासीको सङ्ख्या घट्दो



प्रकाशित मिति : २१ असार २०८३, आइतबार

ट्रम्प प्रशासनको कडा नीति: अमेरिकामा ५० वर्षपछि पहिलो पटक आप्रवासीको सङ्ख्या घट्दो

तस्वीर : आइस

अमेरिकी पूर्वराष्ट्रपति जोन एफ. केनेडीले कुनै समय संयुक्त राज्य अमेरिकालाई आप्रवासीहरूको राष्ट्र भनी परिभाषित गरेका थिए। सन् १९६४ मा उनको मृत्युपछि प्रकाशित पुस्तकमा उनले अमेरिकाको शक्ति र समृद्धिको मुख्य श्रेय यहाँ आएका आप्रवासीहरूको ऐतिहासिक र सांस्कृतिक योगदानलाई दिएका थिए।

तर, यस वर्ष अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाउँदै गर्दा, केनेडीले परिकल्पना गरेको त्यो उदार भावना अमेरिकामा अझै बाँकी छ त? भन्ने गम्भीर प्रश्न खडा भएको छ। सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि, उनले नयाँ आप्रवासीहरूको आगमनलाई रोक्न र गैर-नागरिकहरूलाई देशबाट निकाल्न १८० भन्दा बढी कार्यकारी आदेशहरूमा हस्ताक्षर गरिसकेका छन्।

अमेरिकन सिभिल लिबर्टिज युनियनका नीति तथा सरकारी मामिला निर्देशक नोरिन शाह भन्छिन्:

दशकौँसम्म अमेरिकाको आप्रवासी प्रणालीलाई आधुनिक बनाउन र आप्रवासीहरूको योगदानलाई कदर गर्न दुवै प्रमुख राजनीतिक दलको समर्थन थियो। तर, राष्ट्रपति ट्रम्पले राजनीतिक फाइदाका लागि घृणा फैलाउने काम गरे। ज्यान जोगाउन शरण खोज्दै आएका मानिसहरूलाई एउटा भयानक खतराको रूपमा चित्रण गरियो। अहिले त्यो घृणा संघीय नीति बनेको छ र यसले देशभरका हजारौँ मानिसहरूको जीवन तहसनहस बनाइरहेको छ।

रैथाने अमेरिकी बाहेक प्रायः सबै अमेरिकी नागरिकका पुर्खाहरू कुनै न कुनै समयमा आप्रवासीकै रूपमा अमेरिका आएका थिए। अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनले पनि अमेरिका सबै देश र धर्मका उत्पीडित र सताइएका मानिसहरूका लागि खुला रहने बताएका थिए। तर दुई शताब्दीभन्दा बढी समयपछि अहिले ट्रम्प प्रशासनले यो पहिचानलाई पूर्ण रूपमा बदल्दै छ।

बितेका ५० वर्षको रेकर्डमा पहिलो पटक सन् २०२५ मा अमेरिका भित्रिनेभन्दा यहाँबाट बाहिरिने आप्रवासीहरूको संख्या बढी देखिएको छ। ‘ब्रुकिङ्स इन्स्टिच्युसन’को तथ्याङ्क अनुसार अमेरिकाको खुद आप्रवासन १०,००० देखि २,५०००० ऋणात्मक अवस्थामा पुगेको छ र सन् २०२६ मा पनि यही क्रम जारी रहने अनुमान छ।

गत डिसेम्बरसम्म सरकारी तथ्याङ्क अनुसार ६ लाख ५ हजार मानिसलाई देश निकाला गरिएको छ। यसका साथै प्रशासनले सीमानाका बन्द गर्ने, शरणार्थी कार्यक्रमहरू स्थगित गर्ने, केही निश्चित देशका नागरिकलाई प्रतिबन्ध लगाउने र भिसा प्रक्रियामा कडाइ गर्ने जस्ता कदम चालेको छ।

हाल अमेरिकाको आइसका हिरासत केन्द्रहरूमा करिब ६३,००० मानिसहरू थुनिएका छन्। यी केन्द्रहरूमा क्षमताभन्दा बढी मानिस राखिएका कारण दूषित खाना, औषधिको अभाव र स्वास्थ्य लापरवाहीका कारण सन् २०२६ को पहिलो ६ महिनामै २० जनाको मृत्यु भइसकेको छ।

हिरासतमा परिने यही डरका कारण लाखौँ आप्रवासीहरू आफैँ अमेरिका छोड्न बाध्य भइरहेका छन्। धेरै परिवारहरू विखण्डनमा परेका छन्। कतिपय वैध दर्जा भएका पनि प्रशासनिक ढिलाइका कारण आफ्नो जागिर गुमाउन र देश निकालाको जोखिममा पर्न थालेका छन्।

आलोचकहरूका अनुसार ट्रम्पको नयाँ नीतिले केवल धनी र गोरा विदेशीहरूलाई मात्र प्राथमिकता दिएको छ। अर्कोतर्फ, यस कडा नीतिले अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पार्न थालेको छ। सन् २०२५ को जनवरीदेखि जुनसम्ममा मात्र अमेरिकाले ७ लाख ५० हजारभन्दा बढी आप्रवासी कामदार गुमाएको छ, जसको प्रत्यक्ष असर कृषि र निर्माण क्षेत्रमा देखिएको छ।

यस वर्षको जुलाई ४ (स्वतन्त्रता दिवस) मा केवल ५३% वयस्कहरूले मात्र आफू अमेरिकी हुनुमा “अत्यधिक गर्व” लागेको बताएका छन्।यो संख्या सन् २००१ यताकै सबैभन्दा कम हो।ट्रम्पलाई मतदान गर्ने प्रत्येक चार जना ल्याटिनो मतदातामध्ये एक जनाले अहिले आफ्नो निर्णयमा पछुतो मानिरहेका छन्।





Source link

Leave a Comment