विश्वकप फुटबल: अमेरिका २४ वर्षपछि नकआउट चरणमा विजयी, पुग्यो अन्तिम १६ मा



प्रकाशित मिति : १७ असार २०८३, बुधबार

विश्वकप फुटबल: अमेरिका २४ वर्षपछि नकआउट चरणमा विजयी, पुग्यो अन्तिम १६ मा

फोटो :एपी/रासस

अमेरिकाले २४ वर्षपछि फिफा विश्वकप फुटबलको नकआउट चरणमा जित निकाल्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिकाका लागि फोलारिन बालोगुन र मलिक टिलम्यानले एक–एक गोल गरे।

खेलको ४५औं मिनेटमा बालोगुनले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ६४औं मिनेटमा उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित हुन पुग्यो।

१० खेलाडीमा सीमित भए तापनि अमेरिकाले ८२औं मिनेटमा अर्को गोल थप्यो। टिलम्यानले डि-बक्सभन्दा केही बाहिरबाट प्रहार गरेको फ्रिकिक बल सिधै बोस्नियाको गोलपोष्टभित्र छिरेको थियो।

त्यसपछि खेलमा थप गोल हुन सकेन र अमेरिका २–० ले विजयी भयो। अमेरिकाले विश्वकपको नकआउट चरणमा जित निकालेको पछिल्ला चार संस्करणमा यो पहिलो पटक हो।

विश्वकप फुटबल: अमेरिका २४ वर्षपछि नकआउट चरणमा विजयी, पुग्यो अन्तिम १६ मा

यसअघि सन् २००२ को विश्वकपमा अमेरिका क्वार्टरफाइनलसम्म पुगेको थियो भने त्यसयता सधैं दोस्रो चरणबाटै बाहिरिँदै आएको थियो। यस जितसँगै विश्वकपका सबै आयोजक राष्ट्रहरू अन्तिम १६ मा प्रवेश गरेका छन्।

मेक्सिको र क्यानडाले यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका थिए। अब अमेरिकाले क्वार्टरफाइनल प्रवेशका लागि बेल्जियमको सामना गर्नेछ।





Source link

Leave a Comment