विश्वकप फुटबल: अपराजित रहँदै मेक्सिको प्रिक्वाटरफाइनलमा, इक्वेडर बाहिरियो



प्रकाशित मिति : १६ असार २०८३, मंगलबार

विश्वकप फुटबल: अपराजित रहँदै मेक्सिको प्रिक्वाटरफाइनलमा, इक्वेडर बाहिरियो

फोटो :एपी/रासस

फिफा विश्वकप फुटबल २०२६ को सहआयोजक मेक्सिको अन्तिम १६ मा प्रवेश गरेको छ। मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा सम्पन्न खेलमा इक्वेडरलाई २–० ले पराजित गर्दै घरेलु टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।

पराजयसँगै इक्वेडरको विश्वकप यात्रा समाप्त भएको छ। पाँचौँ पटक विश्वकप खेलेको इक्वेडर दोस्रो पटक मात्र समूह चरण पार गर्न सफल भएको थियो।

मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे। खेलको २१औँ मिनेटमा क्विनोनेसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेटपछि, ३१औँ मिनेटमा जिमेनेजले अर्को गोल थप्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। पहिलो हाफमा दुई गोल गरेको मेक्सिकोले दोस्रो हाफमा पनि आफ्नो अग्रता जोगाउँदै सहज जित दर्ता गर्यो।

खेलमा बलमाथिको नियन्त्रण इक्वेडरको पक्षमा बढी रहे पनि उसले कुनै गोल गर्न सकेन। घरेलु टोली मेक्सिकोले भने अवसरको भरपुर सदुपयोग गर्दै अन्तिम १६ को यात्रा तय गर्यो।

यो जितसँगै जुलियन क्विनोनेस विश्वकपका लगातार तीन फरक खेलमा गोल गर्ने मेक्सिकोका दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् १९९८ को विश्वकपमा लुइस हर्नान्डेजले लगातार तीन खेलमा गोल गरेका थिए।

विश्वकप फुटबल: अपराजित रहँदै मेक्सिको प्रिक्वाटरफाइनलमा, इक्वेडर बाहिरियो

मेक्सिकोले यस विश्वकपको समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक गणतन्त्रलाई पराजित गर्दै अपराजित रूपमा नकआउट चरणमा प्रवेश गरेको हो।

यस जितसँगै मेक्सिकोले ४० वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हात पारेको छ। यसअघि उसले सन् १९८६ पछि कुनै पनि नकआउट खेल जित्न सकेको थिएन।

अब क्वार्टरफाइनल प्रवेशका लागि मेक्सिकोले इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।





Source link

Leave a Comment