विश्वकप अघि आप्रवासन नीतिको समीक्षा गर्न संयुक्त राष्ट्र संघको आग्रह



प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार

विश्वकप अघि आप्रवासन नीतिको समीक्षा गर्न संयुक्त राष्ट्र संघको आग्रह

photo: Fauzan Saari/Unsplash

विश्वकप फुटबल सुरु हुन ठीक एक दिन अगाडि संयुक्त राष्ट्र संघका मानव अधिकार प्रमुख भोल्कर टर्कले विशेष गरी अमेरिकाको आप्रवासन नीतिमा व्यापक परिमार्जन गर्न आह्वान गरेका छन् । प्रतियोगिताको अवधिमा नश्लीय भेदभाव,कडा निगरानी र आप्रवासन प्रवर्तन जस्ता विषयहरूले पार्न सक्ने नकारात्मक प्रभावप्रति उनले गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

बिहीबारदेखि सुरु हुने ४८ राष्ट्र सम्मिलित ३९ दिने यस महाकुम्भ अगावै केही विवादास्पद घटनाहरू सार्वजनिक भइसकेका छन् । इरानको टोलीलाई एरिजोनाको प्रशिक्षण क्याम्पबाट मेक्सिको सार्नुपरेको छ भने केही इरानी अधिकारीहरूलाई अमेरिकाले प्रवेश भिसा दिन अस्वीकार गरेको छ ।

सोमालियाका प्रतिष्ठित अफ्रिकी रेफ्री ओमार अर्टानलाई मियामीमा प्रवेश रोकिएको छ भने सेनेगलका एक खेलाडीलाई विमानस्थलको टार्माकमा सुरक्षाकर्मीले खानतलासी गरिरहेको तस्बिरहरू सार्वजनिक भएका छन् ।

जेनेभास्थित राष्ट्र संघको मानव अधिकार नियोगको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अस्ट्रियाली वकिल समेत रहेका टर्कले भने, हामीले केही दृश्यहरू देखिसकेका छौँ । म आशा गर्छु कि नश्लीय भेदभाव, निगरानी र आप्रवासन नियन्त्रणका यी मुद्दाहरूले विश्वकपलाई थप प्रभावित पार्ने छैनन् ।

यो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्, जहाँ १०४ खेलहरूमध्ये अधिकांश खेलहरू अमेरिकामा हुँदैछन् । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन मातहतका संघीय निकायहरूका नीतिहरू मात्र अहिले आलोचनाको केन्द्रमा रहेका छन् ।

विश्वकप अघि आप्रवासन नीतिको समीक्षा गर्न संयुक्त राष्ट्र संघको आग्रह

मोरक्को र स्कटल्याण्ड जस्ता देशका हजारौँ डलर खर्च गरिसकेका प्रशंसकहरूले यात्रा गर्नु केही दिन अघि मात्रै आफ्नो यात्रा अनुमति रद्द वा अस्वीकृत भएको गुनासो गरेका छन् ।

सोमाली रेफ्री अर्टानको हकमा भने एक अमेरिकी अधिकारीले शङ्कास्पद आतंकवादी संगठनका सदस्यहरूसँग आबद्धता रहेको दाबी गर्दै प्रवेश रोकेको बताएका छन्, यद्यपि यसको कुनै ठोस प्रमाण सार्वजनिक गरिएको छैन । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विगत १८ महिनामा ट्रम्प प्रशासनसँग नजिकको सम्बन्ध बनाए पनि फिफाले आफ्नै रेफ्रीको रक्षा गर्न सकेन ।

मानव अधिकार प्रमुख टर्कले विश्वव्यापी रूपमा मानिसहरूको आवतजावतलाई लिएर भने, आप्रवासी, शरणार्थी र शरण खोज्नेहरूलाई मानिसको रूपमा व्यवहार नगरिने प्रवृत्तिको अन्त्य हुनुपर्छ । विभाजनकारी र ध्रुवीकरण गर्ने भाष्यबाट कसैलाई फाइदा हुँदैन ।





Source link

Leave a Comment