विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए



प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार

विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए

फिफा विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई फिफा विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएका हुन्।

उनीहरू मंगलबार बिहान मेक्सिको हुँदै विश्वकपका कार्यक्रमहरूमा सहभागी हुन प्रस्थान गर्ने तयारीमा थिए। तर अध्यागमन कार्यालयले उनीहरूलाई विदेश जान अनुमति नभएको भन्दै विमानस्थलबाटै फर्काएको हो।

अध्यागमन स्रोतका अनुसार एन्फाका पदाधिकारीहरू हाल कालोसूचीमा रहेकाले विदेश भ्रमणमा रोक लगाइएको छ।

एन्फाको आर्थिक गतिविधिसम्बन्धी विषयमा छानबिन चलिरहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाखदेखि एन्फाका सम्पूर्ण पदाधिकारीको विदेश भ्रमणमा रोक लगाएको थियो।

विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए

फिफा विश्वकप २०२६ तथा फिफाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन विदेश जान पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै अध्यक्ष नेम्वाङ र महासचिव राई राखेप पुगेका थिए। तर राखेपले उनीहरूको प्रस्ताव अस्वीकार गरेको थियो।

राखेपका सदस्यसचिव रामचरण मेहेताले नेपालमा फुटबल प्रशासनसँग सम्बन्धित विवाद अझै समाधान नभएको अवस्थामा एन्फाका जिम्मेवार पदाधिकारीहरूलाई फिफाको बैठक वा विश्वकप कार्यक्रममा सहभागी हुन अनुमति दिन नसकिने स्पष्ट पारेका छन्।

उनका अनुसार एन्फा कार्यसमितिका सबै पदाधिकारीको पासपोर्ट कालोसूचीमा रहेको अवस्थामा उनीहरू विदेश भ्रमणमा जान पाउने अवस्था छैन।

सन् २०२६ को फिफा विश्वकप जुन ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ।





Source link

Leave a Comment