प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार

पोर्चुगलमा बसोबास गर्ने गुल्मेली नेपाली समुदायको तेस्रो अधिवेशन आउँदो सोमबार आयोजना हुने भएको छ। संस्थाका महासचिव गोविन्द कंडेलले सम्पूर्ण गुल्मेली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा जारी गरेका छन्।
कंडेलले जारी सन्देशमा यो अधिवेशनलाई साझा पहिचान, माया र एकताको प्रतीकका रूपमा चित्रण गर्दै विदेशको भूमिमा गाउँ–ठाउँ, संस्कृति र सम्बन्धलाई जोगाइराख्ने जिम्मेवारी र अवसरका रूपमा उल्लेख गरेका छन्। उनले सदस्यहरूको साथ, सुझाव र सहभागिताले मात्र संगठन अझ बलियो तथा प्रभावकारी बन्ने बताएका छन्।
महासचिव कंडेलले सबैलाई एकता, सद्भाव र उत्साहका साथ अधिवेशन सफल बनाउन आह्वान गर्दै उपस्थितिले कार्यक्रमलाई अर्थपूर्ण र स्मरणीय बनाउने विश्वास व्यक्त गरेका छन्। अधिवेशन लिस्बनको अलोन्या ब्लीस रेष्टुरेण्टमा हुनेछ। यो अधिवेशनले पोर्चुगलस्थित गुल्मेली समुदायबीचको एकतालाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।