अमेरिकी दूतावास नजिकै विस्फोट, प्रहरीद्वारा अनुसन्धान सुरु



प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार

अमेरिकी दूतावास नजिकै विस्फोट, प्रहरीद्वारा अनुसन्धान सुरु

नर्वेको राजधानी ओस्लोमा रहेको अमेरिकी दूतावास नजिकै विस्फोट भएको छ। नर्वेजियन प्रहरीका अनुसार विस्फोटबाट दूतावासको भवनमा सामान्य क्षति पुगेको भए तापनि मानवीय क्षति भने भएको छैन।

प्रहरीले दिएको जानकारीअनुसार विस्फोट दूतावास परिसरको कन्सुलर सेवा प्रवेशद्वार नजिकै भएको थियो। ओस्लो प्रहरीका प्रवक्ताले भने, “अमेरिकी दूतावासलाई लक्षित गरी विस्फोट भएको पुष्टि भएको छ।”

यो घटना यस्तो समयमा भएको छ, जब अमेरिका र इजरायलले इरानमाथि तीव्र बमबारी गरिरहेका छन्। यसैबीच, अमेरिकी सेनाको उपस्थिति रहेका खाडी मुलुकहरू कुवेत र साउदी अरेबियास्थित अमेरिकी कूटनीतिक नियोगहरू पनि इरानको प्रतिशोधात्मक आक्रमणको निशानामा परेका खबरहरू सार्वजनिक भएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार ओस्लोको पश्चिमी क्षेत्रमा रहेको दूतावास परिसर नजिकै राति करिब १ बजे ठूलो आवाजसहित विस्फोट भएको थियो। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी जारी रहेको जनाएको छ। साथै, वरपरका क्षेत्रमा अन्य कुनै विस्फोटक सामग्री फेला नपरेको पनि अधिकारीहरूले पुष्टि गरेका छन्।

ओस्लो प्रहरी विभागले एक वक्तव्य जारी गर्दै भनेको छ, “प्रहरी दूतावाससँग निरन्तर सम्पर्कमा छ र हालसम्म कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन।”





Source link

Leave a Comment