अमेरिकामा दिवंगत रण छन्त्यालको परिवारका लागि म्याग्दी समाज यूएसएद्वारा सहयोग संकलन सुरु



प्रकाशित मिति : माघ ८, २०८२ बिहीबार


अमेरिकास्थित म्याग्दी समाज यूएसएले अमेरिकामा अकालमै निधन भएका म्याग्दी मलामपरका ४२ वर्षीय रण छन्त्यालका परिवारको सहयोगार्थ गोफन्डमीमार्फत् सहयोग संकलन अभियान सुरु गरेको छ।

करिब दुई वर्षअघि परिवारको भविष्यमाथि उज्यालो ल्याउने आशाले अमेरिका पुगेका छन्त्यालको स्वास्थ्यसम्बन्धी कारणले असामयिक रूपमा निधन भएको हो । उनका श्रीमती, १६ वर्षीया छोरी र १४ वर्षका छोरा नेपालमा रहेका छन्। “यो दुखको घडीमा हामी सबै म्याग्दी समुदायका सदस्यहरूले एकताबद्ध भएर सहयोग गर्नुपर्छ,” समाजले अपिलमा उल्लेख गरेको छ।

यस अभियानमार्फत् उठेको रकम नेपालमा रहेका परिवारलाई आर्थिक सहारा उपलब्ध गराउने उद्देश्य राखिएको छ। समाजले सबै समुदायका सदस्य, मित्र तथा शुभेच्छुकहरूलाई  गोफण्डमीमार्फत सहयोग गर्न आग्रह गरेको छ। “तपाईंहरूको सानो योगदानले पनि शोकाकुल परिवारलाई ठूलो राहत मिल्नेछ,” अपिलमा लेखिएको छ ।

सहयोग गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।





Source link

Leave a Comment

Translate »