न्यूयोर्क स्वस्थानी महोत्सवको पहिलो सातामै ११५,००० डलरभन्दा बढी दान संकलन, बाल कलाकारको नाटकले जित्यो मन

प्रकाशित मिति : पुस २८, २०८२ मंगलबार

न्यूयोर्क स्वस्थानी महोत्सवको पहिलो सातामै ११५,००० डलरभन्दा बढी दान संकलन, बाल कलाकारको नाटकले जित्यो मन

न्यूयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्रमा जारी ‘न्यूयोर्क स्वस्थानी महोत्सव २०२६’ ले पहिलो हप्तामै ऐतिहासिक सफलता हासिल गरेको छ। जनवरी ३ देखि सुरु भएको यस एक महिने आध्यात्मिक उत्सवको नवौँ दिनसम्म आइपुग्दा मन्दिर स्थापना र दीर्घकालीन सञ्चालनका लागि १ लाख १५ हजार अमेरिकी डलरभन्दा बढी दान संकलन भएको छ।

न्यूयोर्क स्वस्थानी महोत्सवको पहिलो सातामै ११५,००० डलरभन्दा बढी दान संकलन, बाल कलाकारको नाटकले जित्यो मन

वित्तीय व्यवस्थापन संयोजक तुलसीराम आचार्यका अनुसार यो रकम पूर्णतः स्वेच्छिक रूपमा संकलन भएको हो। “यो समुदायको मन्दिरप्रतिको प्रगाढ आस्था र एकताको प्रमाण हो,” आचार्यले भने, “हामीले कसैलाई बाध्य पारेका छैनौँ, श्रद्धालुहरूले स्वतःस्फूर्त रूपमा यो उदारता देखाउनुभएको हो।” ५०० डलरभन्दा बढी दान गर्ने दाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरिने र उनीहरूको नाम स्थायी दातृ सूचीमा समावेश गरिने आयोजकले जनाएको छ।

न्यूयोर्क स्वस्थानी महोत्सवको पहिलो सातामै ११५,००० डलरभन्दा बढी दान संकलन, बाल कलाकारको नाटकले जित्यो मन

महोत्सवको पहिलो साता विशेष सांगीतिक नाटक ‘श्रीस्वस्थानी व्रतकथा र शिव–पार्वती विवाह’ मुख्य आकर्षण बन्यो। १५ जनाभन्दा बढी बाल तथा युवा कलाकारहरूले मञ्चन गरेको उक्त नाटकले उपस्थित २ हजारभन्दा बढी दर्शकलाई भावविभोर बनाएको थियो।

इभा पुडासैनी, इभाना घिमिरे, प्रज्ञा पन्थी लगायतका बाल कलाकारहरूको अभिनय, नृत्य र संवादको सन्तुलनले न्युयोर्कको हलमा नेपालकै झझल्को दिएको थियो। उद्धव शास्त्री र दीपक खरालको वैदिक मन्त्रोच्चारणले नाटकलाई जीवन्त आध्यात्मिक अनुभूतिको उचाइ प्रदान गरेको थियो।

न्यूयोर्क स्वस्थानी महोत्सवको पहिलो सातामै ११५,००० डलरभन्दा बढी दान संकलन, बाल कलाकारको नाटकले जित्यो मन

कार्यक्रमका संयोजक तथा निर्देशक अमित प्रताप शाहले यो महोत्सव धार्मिक अनुष्ठान मात्र नभई नयाँ पुस्तालाई नेपाली संस्कार हस्तान्तरण गर्ने पुल भएको बताए। “बालबालिकाको यो सहभागिताले हाम्रो सांस्कृतिक केन्द्र कति गतिशील छ भन्ने देखाउँछ,” शाहले भने।

त्यस्तै, कोरियोग्राफर प्रज्ञा पन्थीले युवा पुस्तालाई यस्ता कार्यक्रममा सहभागी गराउनु नै समुदायको भविष्य सुरक्षित गर्नु रहेको बताउँदै मन्दिरको संरक्षणका लागि सबैलाई जुट्न अपिल गरिन्।

न्यूयोर्क स्वस्थानी महोत्सवको पहिलो सातामै ११५,००० डलरभन्दा बढी दान संकलन, बाल कलाकारको नाटकले जित्यो मन

फेब्रुअरी १ सम्म चल्ने यस महोत्सवमा १०० भन्दा बढी यजमानहरू सहभागी भइसकेका छन्। महोत्सव अवधिभर जोसुकैले पनि कर्ता बन्न वा आध्यात्मिक प्रस्तुति दिन सक्ने व्यवस्था मिलाइएको आयोजक समितिले जानकारी दिएको छ।

न्यूयोर्क स्वस्थानी महोत्सवको पहिलो सातामै ११५,००० डलरभन्दा बढी दान संकलन, बाल कलाकारको नाटकले जित्यो मन

Source link

Leave a Comment