News Summary
Generated by OK AI. Editorially reviewed.
- विश्व पर्यटन दिवसका अवसरमा नाट्टाले आयोजना गरेको ‘नाट्टा हेरिटेज रन २०२६’ ६ किलोमिटर दौड बसन्तपुर दरबार स्क्वायरबाट सुरु भएर पाटन दरबार स्क्वायरमा सम्पन्न भएको छ ।
- नाट्टाले यो दौडमार्फत काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई जोड्ने प्रयास गरेको जनाएको छ ।
- पुरुषतर्फ रविन्द्र रावत प्रथम, सलमान शेख द्वितीय र शेरबहादुर शाही तृतीय भए भने महिलातर्फ सुजिना रामदाम प्रथम भइन् ।
११ असोज, काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा ‘नाट्टा हेरिटेज रन २०२६’ सम्पन्न भएको छ ।
४७औं विश्व पर्यटन दिवसमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यक्रम आयोजना गरेको हो । ६ किलोमिटर दौड बसन्तपुर दरबार स्क्वायरबाट सुरु भएर पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको थियो ।
दौडमार्फत काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई जोड्ने प्रयास गरिएको नाट्टाले जनाएको छ । यस दौडमा पुरुषतर्फ रविन्द्र रावत प्रथम भए । द्वितीय सलमान शेख र तृतीय शेरबहादुर शाही बने । महिलातर्फ सुजिना रामदाम प्रथम, सुमित्रा तामाङ द्वितीय र संग्रिला श्रेष्ठ तृतीय बने ।