सल्यानका सबै सडकमा रात्रिकालीन यात्रामा रोक


१० असोज, सल्यान । निरन्तर वर्षापछिको विपद् जोखिमको अवस्थालाई हेरेर जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लाभित्रका सडकमा रात्रिकालीन यात्रामा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सल्यान जिल्लाभित्रका सबै सडक शनिबारदेखि सोमबारसम्म राति सवारी आवागमनमा रोक लगाएको छ ।

यस्तै, राप्ती राजमार्गअन्तर्गत लुहाम, कपुरकोट, तुलसीपुर सडकखण्ड २०८३ असोज ११ गते दिउँसोको समयमा समेत बन्द रहने प्रशासनले जनाएको छ ।

वर्षा र हावाहुरीका कारण सडकमा भासिने, पहिरो खस्ने, ढुंगा झर्ने, रुख तथा विद्युत्का पोल ढल्नेजस्ता जोखिम बढेकाले यात्रु तथा सवारी सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीले जानकारी दिइन् ।





Source link

Translate »