सुरक्षा निकायको नाम र पोशाकसँग मिल्दोजुल्दो संस्था दर्ता गराउन गृहको रोक


News Summary

Generated by OK AI. Editorially reviewed.

  • गृह मन्त्रालयले सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ।
  • मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई त्यस्ता संस्था नवीकरणअघि जानकारी गराउन र विधान संशोधन भएको भए त्यसको विवरण माग्न परिपत्र पठाएको छ।
  • नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक र चिन्ह प्रयोग गरेको आरोपमा ग्रिन आर्मीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

७ असोज, काठमाडौं । सरकारले सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ ।

गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गरेर सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था रहेका संस्थाहरूको सम्बन्धमा नवीकरण गर्नुअघि जानकारी गराउन भनेको छ ।

देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई उक्त परिपत्र जारी गर्दै मन्त्रालयले त्यस्ता संस्थाहरू नवीकरण गर्दा संस्थाको विधानमा आवश्यक परिमार्जन/संशोधन गरे नगरेको, यदी गरिएको भए त्यसबारे जानकारी गराउन पनि भनेको छ ।

यसअघि नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो गरेर ग्रिन आर्मी नामक संस्थाले रसुवा बाढीका क्रममा राहत तथा खोजी उद्धारमा टोली नै सक्रिय बनाएको थियो ।

उक्त विषयमा विभिन्न आलोचना पनि भएको थियो । उक्त संस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पनि दर्ता भएको छ ।

ग्रिन आर्मीले नेपाली सेनाको झै मिल्दोजुल्दो पोशाक, दर्जा र चिन्ह प्रयोग गरेकाले त्यसलाई रोक्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।





Source link

Translate »