News Summary
Generated by OK AI. Editorially reviewed.
- जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ ।
- करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथि तौल समूहमा कास्य पदक जितेका हुन् ।
- तेन्जिङले कास्यका लागि भएको खेलमा लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे ।
७ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन् ।
टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
कास्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे ।
यससँगै जारी एसियाली खेलकुदमा नेपालको पदक खाता खुलेको छ ।