त्रिभुवन र कान्ति राजमार्ग दुईतर्फी सञ्चालन


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कृष्णभीर खण्डमा सडक सञ्चालनमा आएपछि हेटौंडा–काठमाडौं आवतजावतका त्रिभुवन राजपथ र कान्ति राजमार्गमा आजदेखि दुईतर्फी यातायात खुला गरिएको छ।
  • धादिङको कृष्णभीर अवरुद्ध हुँदा १६ भदौदेखि ठूला सवारीलाई त्रिभुवन राजपथ र कान्ति राजमार्गमा एकतर्फी आवागमन व्यवस्था गरिएको थियो।
  • जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले अवरुद्ध सडक सञ्चालनमा आएसँगै पुरानो व्यवस्था हटाइएको बताए।

२ असोज, हेटौंडा । हेटौंडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा आजदेखि नियमित रूपमा दुईतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुला गरिएको जानकारी दिए ।

त्रिभुवन राजपथले हेटौंडालाई पालुङ-नौबिसे हुँदै काठमाडौंसँग जोड्छ भने कान्ति राजमार्गले हेटौंडालाई टीकाभैरव-ललितपुर हुँदै काठमाडौं उपत्यकासँग जोड्छ ।

कृष्णभिरमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन गत १६ भदौदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने र फर्कंदा कान्ति राजमार्ग प्रयोग गर्नेगरी प्रशासनले एकतर्फी व्यवस्था गरेको थियो ।

कृष्णभिर खण्डमा सडक सञ्चालनमा आएपछि उक्त व्यवस्था हटाउँदै शुक्रबारदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा यातायात सञ्चालन खुला गरिएको प्रशासकीय अधिकृत सुवेदीले बताए ।





Source link

Translate »