News Summary
Generated by OK AI. Editorially reviewed.
- मलेसियामा यूएईलाई ४४ रनले हराउँदै एसीसी प्रिमियर कप जितेको नेपाली क्रिकेट टोली आइतबार राति नेपाल फर्किएको छ ।
- ट्रफीसहित फर्किएको टोलीलाई क्यानका सचिव पारस खड्कासहितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
- कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए र टोली अब एसियन गेम्सका लागि जापान जानेछ ।
२८ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ ।
मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनोट भएको नेपाली टोली आइतबार राति नेपाल आइपुगेको हो ।
ट्रफीका साथ फर्किएको नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको थियो ।
नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सन्दीपले सबैजनाको मेहेनतले सफल भएको बताए ।
‘सबैजना खुसी छौं, देश दु:खद अवस्थामा भइरहेको बेलामा राम्रो प्रदर्शन गर्न सक्यौं, एसिया कपमा पनि छनोट भएका छौं, एकदम गर्वको महसुस भइरहेको छ’ सन्दीपले भने ।
नेपाली टोली अबको केही दिनमा एसियन गेम्सका लागि जापान प्रस्थान गर्नेछ ।