२६ भदौ, काभ्रेपलाञ्चोक । रामेछापको मन्थली– १ बिटारबारीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार बाप्र.०१–०२६ च ४९१३ नम्बरको जिप शुक्रबार बेलुका ७:४५ बजे रामेछापबाट मन्थली आउँदै गर्दा दुर्घटनामा परेको थियो । उनका अनुसार उकालो स्थानमा ब्रेक नलागेर जिप पछाडि फर्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा दोलखा भीमेश्वर नगरपालिका–३ का २८ वर्षीय सञ्जित लामाको मुत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मन्थली अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
भीमेश्वर–३ कै प्रदीप लामाको ढाडमा सामान्य चोट लागेको छ । उनी जिप चालक रहेको प्रहरीले जनाएको छ । उनको अहिले मन्थलीको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।