तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन


News Summary

Generated by OK AI. Editorially reviewed.

  • शुक्रबार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो।
  • चाँदीको मूल्य पनि तोलामा २५५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ६ सय रुपैयाँमा झरेको छ।

२६ भदौ, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यो साताको पहिलो दिन आइतबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा २५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सयमा झरेको छ । साताको पहिलो दिन आइतबार चाँदीको भाउ ४ हजार ७६५ रुपैयाँ थियो ।





Source link

Translate »