सुनको मूल्य तोलामा ३ हजार घट्यो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेर ३ लाख २ हजार ४ सय रुपैयाँ तोकिएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको जनाएको छ।
  • आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँ कायम भएको छ।

२४ भदौ, काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ थियो ।





Source link

Translate »