मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर गयो ५.३ रेक्टरको भूकम्प


२३ भदौ, काठमाडौं । मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

मगलबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ।

युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प मगलबार रातिको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा देशका विभिन्न क्षेत्रमा भएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

पछिल्लो समय हिमाली क्षेत्रमा भूकम्पसँगै पहिरो, हिमताल विस्फोट र बाढीजस्ता प्राकृतिक विपद्को जोखिमसमेत बढिरहेको छ ।





Source link

Translate »