काठमाडौँ । रसुवा, नुवाकोट लगायत देशका विभिन्न भूभागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि सिलिकोन एजुकेशनले आर्थिक सहयोग गरेको छ।
सिलिकोन एजुकेशन परिवारले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ७ लाख ७७ हजार ७७७ रुपैयाँ जम्मा गरेको जानकारी दिएको छ।
विपद्को यस कठिन घडीमा ‘पीडामा पनि सँगै, पुनर्निर्माणमा पनि सँगै’ भन्ने भावनाका साथ प्रभावित क्षेत्रमा तत्काल राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यमा सघाउ पुर्याउन उक्त रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
निजी क्षेत्र तथा अन्य सामाजिक संस्थाहरूलाई पनि विपद् व्यवस्थापन र पुनर्निर्माणमा हातेमालो गर्न यस कदमले प्रेरित गर्ने विश्वास सिलिकोन एजुकेशनले व्यक्त गरेको छ ।