News Summary
Generated by OK AI. Editorially reviewed.
- काठमाडौंको चन्द्रागिरी छुकिनटोलमा हतियार प्रहार गरी मोबाइल र ३ हजार लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा बालाजुका १९ वर्षीय राजन अर्याल, सोलुखुम्बुका १९ वर्षीय आयुष राई र काठमाडौंका २२ वर्षीय विशाल लामा छन्।
- प्रहरी थानकोटको टोलीले मंगलबार राति साढे ९ बजे पक्राउ गरी चोरी तथा डाँका कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।
१७ भदौ, काठमाडौं । हतियार प्रहार गरेर लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको बालाजु बस्ने १९ वर्षीय राजन अर्याल, सोलुखुम्बुका १९ वर्षीय आयुष राई र काठमाडौंकै २२ वर्षीय विशाल लामा छन् । उनीहरुलाई प्रहरी थानकोटको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले मंगलबार राति साढे ९ बजेतिर चन्द्रागिरीको छुकिनटोलस्थित सडकमा उनीहरुले एक व्यक्तिलाई धारिलो हतियार प्रहार गरी मोबाइल र३ हजार लुटपाट गरेका थिए ।
पक्राउ परेकाहरुलाई चोरी तथा डाँका कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।